सरकारले चार देशका लागि राजदूत सिफारिस गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अष्ट्रेलिया, कतार, स्पेन र बंगलादेशका राजदूत सिफारिस गरेको एक मन्त्रीले सेतोपाटीलाई जानकारी दिए। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता माधवकुमार नेपालबीच भागबन्डा गरेर परराष्ट्र सेवा बाहिरका चार जनालाई राजदूत सिफारिस गरिएको हो।
मन्त्रिपरिषद् स्रोतका अनुसार प्रधानमन्त्री ओलीले कतार र स्पेन, दाहालले अष्ट्रेलिया र नेपालले बंगलादेशका राजदूत भागबन्डा गरेका हुन्। जसअनुसार महेशप्रसाद दाहाल (अष्ट्रेलिया), नारद भारद्वज (कतार), दावाफुटी शेर्पा (स्पेन) र वंशिधर मिश्र (बंगलादेश) राजदूत सिफारिस भएका छन्।‘प्रधानमन्त्रीले राजदूतका लागि चार जनाको नाम लिएर आउनुभयो, हामीले क्याबिनेटमा सामान्य छलफल गरेर ती नाममा सहमति जनायौं,’