सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

प्रदर्शनकारी घाइते बनेपछि जर्जियाका सभामुखद्वारा राजीनामा

७ असार, काठमाडौं । नैतिकता र जवाफदेहितालाई राजनीतिको सबैभन्दा ठूलो पुँजी मानिन्छ । तर हाम्रोमा नेतृत्वको छवि र पारदर्शितामाथि अनेक प्रश्न उठ्दासमेत लाभको पदमा टाँसिरहने परिपाटी छ ।नेपालको राजनीतिमा इमानको खडेरी परेको भन्दै बेलाबेला चिन्ता व्यक्त हुने गरे पनि जर्जियाको जर्जियाको राजनीतिज्ञको संस्कार भने निकै भिन्न छ । जर्जियाका सभामुख इराक्ली खोबाखिजेले देशमा प्रदर्शन भएकाे मामुली कारणले पदबाट बिदा लिएका छन् ।

रुसको एक टोलीको विवादास्पद जर्जिया भ्रमणपछि त्यहाँका विपक्षी दल सत्तारुढप्रति रुष्ट छन् । सत्तारुढ दल रसियासँग टाँसिएको आरोप उनीहरुको छ । पछिल्लो आन्दोलनचाहिँ त्यहाँको संसदबाट रसियनले गरेको सम्बोधनपछि चुलिएको हो ।सुरुमा सभामुखको राजीनमा मागेर आन्दोलनमा उत्रिएका विपक्षी दललगायतले आन्तरिक मामिला मन्त्रीको राजीनामा र आम निर्वाचनलाई पनि बटमलाइन बनाएका छन् ।यहीबीच  भएको आन्दोलनमा प्रदर्शनकारी घाइते भएपछि त्यहाँका सभामुख इराक्ली खोबाखिजेले पदबाट राजीनमा दिएका हुन् ।आन्दोलनमा ठूलो सङ्ख्यामा नागरिक तथा सुरक्षाकर्मी घाइते भएको उल्लेख गर्दे उनले जर्जियाली ड्रिम पार्टीको जनताप्रतिको उच्च सम्मानका लागि आफूले राजीनामा दिएको बताएका छन् ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय