सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

प्रधानमन्त्री रेल चढेको फोटो सार्वजनिक भएपछी सामाजिक संजाल रंगियो

धानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालले बुधवार एउटा तस्बिर हालेर “पेरिस तिर रेलमा” लेखेर ट्विट गरेका छन्।रिमाल आफू पनि देखिएका तस्बिरमा प्रधानमन्त्री ओली र प्रम पत्नी राधिका शाक्य पनि छन्।तस्बिर सार्वजनिक भए लगत्तै सामाजिक सञ्जालमा प्रतिक्रियाको ओइरो लाग्यो।प्रम रेलमा सवार भएकोबारे सकारात्मक, नकारात्मक र रमाइला कुराहरूले सामाजिक सञ्जाल तात्नुको मुख्य कारण रेलबारे प्रधानमन्त्री ओलीले गरेका विभिन्न टिप्पणी हुन्।

आगामी आर्थिक वर्षको बजेटमा सरकारले मुलुकमा रेल, मेट्रोरेल, मनोरेलका लागि सात अर्ब ७० करोड रुपैयाँ विनियोजन गरेको छ।बजेटमा पूर्व-पश्चिम र उत्तर-दक्षिण रेल सञ्जालको विकास गर्नेदेखि लिएर विद्युतीय रेलमार्ग निर्माणको सुरुवात र काठमाण्डूलाई भारत र चीनसँग रेलमार्गले जोड्ने परियोजनाको विस्तृत सम्भाव्यता अध्ययनको प्रतिवेदन तयार गरी दुई वर्षभित्र निर्माण कार्य सुरु गरिने उल्लेख गरिएको छ।पछिल्ला केही वर्षमा रेलमार्ग विकासबारे विमर्श ह्वात्तै बढेको छ जसकारण पनि प्रधानमन्त्री ओली रेल चढेर पेरिस जाँदै गरेको तस्बिर माथि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको चासो देखिएको हो।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय