सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

बाहुनको नजरबाट विभेद देख्न सक्नुहुन्न

भद्र र शालीन स्वभावका सिके लालले पछिल्लो समयमा खरो लेखकको पहिचान बनाएका छन् । खासगरी मधेसका एजेन्डाहरुलाई लिएर उनी निकै चर्का लेखहरु लेख्ने गर्छन् ।महोत्तरीमा जन्मेका सिकेको घरजम काठमाडौंमै छ । कुलेश्वरमा घर बनाएपछि उनी काठमाडौंको मतदाता बने । तर, उनका लेखहरुमा सबैभन्दा ठूलो आक्रोश ‘काठमाडौं’ विरुद्ध नै पोखिएको हुन्छ । उनी मधेसमाथि काठमाडौंले विभेद गरेको भनेर अनवरत बोल्ने/लेख्ने गरिरहन्छन् । सिकेलालले अनलाईन खबरलाई दिएको अन्तर्वार्तामा बाहुनको नजर बाट हेर्दा विभेद नै नदेखिने बताएका छन् ।

तपाईंको परिभाषामा मधेसी के हो ? एउटा जात वा निश्चित भौगोलिक क्षेत्रमा बस्ने समुदाय ? भन्ने प्रश्नमा यसरी उत्तर दिएका थिए

भूगोलबाट मधेसीको परिभाषा हुन सक्दैन । मधेसमा बस्ने पहाडीहरुले आफूलाई मधेसी भन्न मिल्दैन ।मधेसी भनेको जात पनि होइन । जात त हिन्दू धर्म व्यवस्थाले सिर्जना गरेको हो । मधेसी खासमा एउटा नृजातीयता हो, जसलाई अंग्रेजीमा एथ्निसिटी भनिन्छ ।अब नृजातीयता भनेको के भन्नुहोला । जो एकअर्काको भाषा, संस्कृति बुझ्छ भावना बुझ्छ, जो एकअर्कालाई आफ्नो मान्छ त्यो चाहिँ नृजातीय हो ।
एउटा घटना भन्छु ।पहिले सेलफोन लिनलाई फारम भर्नुपर्थ्यो र अधिकृतको सिफारिस चाहिन्थ्यो । म सडक विभागमा थिएँ । नेमप्लेट पढ्दै कपिलवस्तुको एउटा मधेसी सिफारिसका लागि मकहाँ आयो । म कहाँ कपिलवस्तुको मान्छे ! तिमीलाई त मैले चिनेको छैन भनेर कपिलवस्तुका पहाडी इन्जिनियरहरुको नाम दिएँ । तर, उसले भन्यो कि ‘वो दुसरे लोग है । आप तो अपने आदमी है । आप जरुर करदेंगे इस लिए आया हुँ ।’त्यतिबेला फोटोकपी प्रमाणित गर्न झापादेखि धनगढीसम्मका मधेसी मकहाँ आउँथे । तर, एउटा पनि पहाडी समुदायका व्यक्तिहरु आएनन् । नृजातीयता भनेको यही हो । उस्तै भावना भएको ।जस्तो कि- म विदेश जाँदा कुनै भारतीय मान्छे भेटेँ भने आफ्नै मान्छे भेटेजस्तो लाग्छ । त्यतिबेला राष्ट्रियता, धर्म सबै हराउँछ । नेपालमा बाहुन-क्षेत्री एउटा नृजातीय समूह हुन् । जनजाति अर्को नृजातीय समुह हुन् । मधेसी तेस्रो नृजातीय हुन् ।मधेसीमाथि विभेद भयो भनेर लेख्दै आउनुभएको छ, त्यो विभेद कस्तो हो ? संविधान र कानूनमा कुनै विभेद छ र ?
तपाईंले विभेद देख्न सक्नुहुन्न । किनकि, तपाईं शासक वर्गको हुनुहुन्छ । संविधानमा लेखिँदैमा बराबरी भए त नेपालमा छुवाछुत उहिल्यै अन्त्य भइसकेको हुनुपर्ने हो । मधेसी ऐतिहासिक विभेदमा परेका छन् ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय