बुसान दक्षिण कोरिया ,
हालै दक्षिण कोरियाको बुसानमा सम्पन्न ३१ औ बुसान मेयर कपमा एक नेपाली यूवाले रजत पदक जितेका छन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ६ घार स्थायी प्रकाश खड्काले प्रतियोगितामा रजत पदक जितेका हुन् । नेपालमा विभिन्न खेलमार्फत स्वर्ण सहितका पदक जितेका खड्काले विदेशी भूमिमा नेपालको तर्फबाट सहभागी भएर पहिलोपटक पदक जितेको बताए । ‘पदकले उत्साह थपिएको छ,‘स्वर्णपदकको लक्ष्य सहित प्रस्तिपर्धा गरेको थिए’ खड्काले भने । ३१ औं मेयर कप बुसान ले १२ औं कोरियाली अन्तर्राष्ट्रिय करांते च्याम्पियनसीप प्रतियोगीता ७ जुन देखि १२ जुनसम्म चलेको थियो । पहिलो खेल ८-० ले कोरियालाई हराएका थिय त्यसैगरी दोश्रो खेलमा ११-२ ले हङ्गकङ्ग लाइ पराजित गरेका खड्काले नकआउट चरणमा कोरियालाई ८-० ले हराएका थिए । इन्डोनेसिया संग फाईनल खेल्दै ११-९ ले हारेका थिए
उनले प्रतियोगितामा विदेशी खेलाडीको खेलबाट प्रभावित भएको बताउँदै नियमित अभ्यास सहित नयाँ शैलीलाई प्रयोग गर्न सकेमा अन्तराष्ट्रिय प्रतियोगितामा समेत उपाधी जित्न सकिने आत्मविश्वास जागेको बताए । खड्काका बुबाम मोना अन्तराष्ट्रियका कोषाध्यक्ष हुन् । उनले दक्षिण कोरियासँगै साक राष्ट्रका प्रतियोगितामा सहज प्रतिस्पर्धा गर्ने गरी नियमित अभ्यास सहित रष्ट्रिय प्रतियोगितामा समेत सहभागिताका लागि प्रोत्साहन गरेको बताए । कराँतेबाटै अन्तराष्ट्रियस्तरको छवी बनाउने चाहना पुरा गर्ने खड्काका परिवारले बताएका छन् ।