रक्सी पिउने महिलामा स्तन र पुरुषमा पेट तथा कलेजोको क्यान्सरको खतरा बढी हुनसक्छ।उक्त अनुसन्धानमा सहभागी अनुसन्धानकर्ताहरूले क्यान्सर रिसर्च यूकेको क्यान्सरको खतरामा आधारित तथ्याङ्कहरूको प्रयोग गरेका हुन्।त्यसका साथै उनीहरूले सुर्ती र रक्सीका कारण हुने क्यान्सर रोगीहरूको तथ्याङ्कको पनि अध्ययन गरेका थिए।स्तन क्यान्सरको अनुसन्धान गर्ने डा. मिनौक सोमेकरले भने, “अनुसन्धानले रोचक कुराहरू अगाडि ल्याएको छ तर त्यसको तस्बिर स्पष्ट छैन।”
अफ क्यान्सर रिसर्चका वैज्ञानिक डा. सोमेकर भन्छन्, “क्यान्सरको खतराको तस्बिर धेरै नै जटिल छ। त्यसैले यो बुझ्नु जरूरी छ कि केही मान्यताका आधारमा नयाँ अध्ययनहरू गरिएका छन्।”
उदाहरणका रूपमा चुरोट र रक्सी पिउँदा पर्ने प्रभावलाई पूर्ण रूपमा रोक्न गाह्रो छ।अध्ययनमा क्यान्सरका बारेमा मात्र चर्चा गरिएको छ। तर अन्य खाले रोगबारे चर्चा छैन। चुरोट पिउनेहरूलाई मुटु तथा फोक्सो सम्बन्धी रोगहरू धेरै लाग्ने मानिन्छ।उक्त अनुसन्धानमा सन् २००४ को तथ्याङ्क प्रयोग गरिएको छ र क्यान्सरका अन्य कारणहरूलाई यसमा समावेश गरिएको छैन।उमेर, वंशाणु, खानपान र जीवन शैली पनि क्यान्सरको कारण हुनसक्छ।बिबिसी बाट साभार