सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

सुडानमा प्रदर्शनकारी माथि सेनाले गोलि चलाउदा ३० जनाको मृत्यु

सुडानको राजधानी खार्तुममा प्रदर्शनकारीहरूमाथि हिंसात्मक आक्रमण भएपछि त्यहाँ सेनाको आलोचना भएको छ।सेनाले गरेको कारबाहीका क्रममा कम्तीमा ३० जनाको ज्यान गएको समाचार सार्वजनिक भएको छ।संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरसले अधिकारीहरूले अस्पतालमा पनि गोली चलाइएको भन्ने विवरणबाट आफू चिन्तित भएको भन्दै एउटा स्वतन्त्र अनुसन्धानका लागि आह्वान गरेका छन्।सुडानमा भएको उक्त घटनालाई अमेरिकाले अमानवीय भनेको छ भने ब्रिटेनले त्यसलाई क्रुर भनेको छ।

गत एप्रिल महिनामा राष्ट्रपति ओमार अल-बशिरलाई सत्ताच्युत गरेपछि सुडानमा त्यहाँको सैन्य परिषद्ले शासन गरिरहेको छ।देश गैरसैनिकले चलाउनुपर्ने माग गर्दै आएका प्रजातान्त्रिक आन्दोलनका नेताहरूले आफूहरूले ट्रान्जिशनल मिलिटरी काउन्सिल भनिने सैन्य परिषद्सँगको सबै सम्बन्ध भङ्ग गरेर आमहडताल आह्वान गरेको बताएका छन्।सोमवार बिहानै सुरक्षा सेवाका कर्मचारीहरू मुख्य प्रदर्शन क्षेत्रमा गएको बताउँदै त्यहाँ खिचिएको भिडिओमा गोली चलेको सुनिएको बताए।

सरकारी टेलिभिजनमा वाचन गरिएको एउटा विज्ञप्तिमा सैन्य परिषद्ले घटना जसरी तीव्र रूपमा अघि बढ्यो त्यसप्रति आफूलाई दु:ख लागेको बताएको छ। उसले बाधा पुर्‍याउनेहरू र अपराधीहरूमात्रै आफ्नो निसानामा रहेको जनाएको छ।विज्ञप्तिमा सैन्य परिषद्ले आफूहरू सर्वसाधारणको रक्षाका लागि समर्पित रहेको पनि जनाएको छ . स्रोत बि बि सी नेपाली सेवा

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय