सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

सुभेक्षा मार्टमा निशुल्क स्वास्थ्य परामर्श तथा अन्तरक्रिया कार्यक्रम हुदै

सौल दक्षिण कोरिया ,

कोरियाको तुङ्गदेमुन स्थित रहेको सुभेक्षा मार्टमा आज आईतबार विशेषज्ञको ठुलो टीमबाट निशुल्क स्वास्थ्य परामर्श तथा अन्तरक्रिया कार्यक्रम हुने भएको छ ‘मुटु रोग ,डिप्रेसन, छाति रोग ,हाड जोर्नि,पाठेघर सम्बन्धी समस्याहरुको बिशेषज्ञ एम बि बि एस ,म डि ,डा। सरोज पोख्रेरेल,एम बि बि एस ,एम डि, डा।दुर्गा भण्डारी, साथै एम बि बि एस , एम डि अभिषेक श्रेष्ठ उपस्थित हुने कार्यक्रम रहेको छ
कोरियामा रहने नेपाली हरुलाई भाषाको समस्याले र बिबिध कारण ले गर्दा उचित उपचार गर्न कठिनाई परेका नेपालीहरुलाई लक्षित गरि यो कार्यक्रम गर्न लागेको सुभेक्षा मार्टकि संचालिका जुनु गुरुङले जानकारी दिनुका साथै नेपालीहरुको लागी यो एउटा सुवर्ण अवसर हुन सक्ने र कोरियामा रहेर विभिन्न कारणबस आफ्नो उपचार गर्न नसक्नुभएको धेरै नेपाली हरु लाभान्वित हुने अपेक्षा गरेकी छन् ।

स्थानः सुभेक्षा मार्ट हाल
मिति :आज २०१९/०६/230आईतबार
समयः दिउँसो 12।30 बजे देखि1।30 बजे सम्म

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय