सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

स्वीडनमा सरकारी गाडीको सुविधा पाउने एकमात्र नेता प्रधानमन्त्री मात्रै हुन्।

एजेन्सी ,

राजनीतिमा लाग्नु आर्थिक हिसाबले निक्कै फाइदाजनक हुनसक्छ।तर स्वीडनमा त्यस्तो हुँदैन।युरोपको यो देशमा जनप्रतिनिधिले आफ्नो काम गर्दा अपनाउने मितव्ययिता र सादा जीवन राजनीतिको एक परिचय हो।उदार भत्ता र थुप्रै सुविधाहरूको स्थानमा स्वीडनका सांसदहरूले करदाताको पैसा खर्च गर्दा कसिलो सीमाहरूको पालना गर्ने गर्छन्।”हामी सामान्य नागरिक हौँ,” सोसल-डेमोक्य्राटिक पार्टीका सांसद पार्न यानहोक्यान्सनले भने।”हाम्रो काम भनेको नागरिकहरू र उनीहरूले जिउने जीवनलाई प्रतिनिधित्व गर्नु भएकोले सांसदहरूले विशेष सुविधा लिनु ठिक हुँदैन।””हाम्रो सुविधा भनेको आफ्नो काम गर्न पाउनु र देशलाई दिशानिर्देश गर्न पाउनु हो,” यानहोक्यान्सनले भने।

स्वीडनका सांसदहरूले सार्वजनिक यातायातमा नि:शुल्क यात्रा गर्न पाउँछन्।तर उनीहरूलाई सरकारले कुनै गाडी वा चालक प्रदान गर्दैन।स्वीडनको संसदसँग तीनवटा गाडी छन् जुन संसदका अध्यक्ष र तीन उपाध्यक्षले आधिकारिक कार्यक्रममा मात्रै उपभोग गर्न पाउँछन्।”हामी यातायात सेवा दिन बसेको होइन,” संसदका एक अधिकारीले बताइन्।”यहाँ भएका गाडी मानिसहरूलाई घर लान वा कार्यालय पुर्याउन होइन।”स्वीडनमा सरकारी गाडीको सुविधा पाउने एकमात्र नेता प्रधानमन्त्री हुन्।बि बि सी बाट साभार

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय