सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

एकान्तकुनामा पानी जहाज कार्यालयमा के हुदैछ त ? हेर्नुहोस

काठमाडौं। गत माघ ३ गते पानी जहाज कार्यालय खोल्ने र जहाज सञ्चालन गर्ने भनेर मन्त्रिपरिष्दको बैठकले निर्णय सार्वजनिक गर्यो।सामाजिक सञ्जालदेखि बिभिन्न ठाउँमा पानी जहाजको व्यङ्ग्य गर्दै सरकारको तीव्र आयोचना भयो। सरकारले घोषणा गरेको एक महिनामै पानी जहाज कार्यालय खोल्यो।फागुन २ गते सञ्चालनमा आएको पानी जहाज कार्यालयमा १६ जना कर्मचारीको दरबन्दी नै तोक्योे। ललितपुरको एकान्तकुनामा कार्यालय राखेर कर्मचारी खटायो र उनले काम सुरु गरे।

सरकारले नेपालका ठूला नदीहरुमा पानी जहाज सञ्चालन गर्न सकिने लक्ष्य राखेको छ। पानी जहाज सम्बन्धि ऐन, नियम र कार्यविधिलगायत मस्यौदा तयार गरी काम अघि बढाउने बताउँदै आएको छ तर, ३ महिना बित्दा तयार भएको एउटै मस्यौदा पनि परित भएको छैन।
पानी जहाज कार्यालयका सिनियर डिभिजन इन्जिनियर विपिन राजभण्डारी भन्छन्, ‘हामीले पानी जहाज सम्बन्धि ऐन, नियम र कार्यविधिको मस्यौदा क्याविनेटबाट पारित गराउनका लागि मन्त्रालयमा पठाएका छौं। उताबाट केही प्रतिक्रिया आएको छैन।’भौतिक पूर्वाधार मन्त्रालयको मातहतमा रहने गरी सञ्चालनमा ल्याएको पानी जहाज कार्यालयमा हाल प्रशासनिक काम मात्र भैरहेको छ। आन्तरिक जलमार्ग व्यवस्थापनको अवधारणा पत्र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमै रोकिएको हुँदा प्रशानिक बाहेक अरु काम खासै नभएको उनले बताए।

२०२७ सालमा बनेको पानी जहाज सम्बन्धि ऐन अहिलेको सन्दर्भमा सबै उपयुक्त नभएकाले परिमार्जन गरी अवधारणा पत्र मन्त्रालयमा पठाएको सिडिइ राजभण्डारीले बताए।‘पानी बढी तथा समुद्र भएका देशहरुमा देशहरुमा पानी जहाजसम्बन्धि अवधारणा, अन्तर्राष्ट्रिय नीति, नियम, व्यवस्था नै फरक हुन्छ।’, उनले भने, ‘नेपालमा झण्डै ५ दशक पुरानो अवधारणा पत्र एउटै मात्र छ।’पुरानो अवधारणा अनुसार जाने हो नेपालका नदिहरुमा पानी जहाज सञ्चालन गर्न कठिन हुन्छ भनेर पुराना अवधारणा परिमार्जन गरि आन्तरिक जलमार्ग सञ्चालन सम्बन्धि अवधारणा तयार गरेर मन्त्रालयमा पठाएको उनले बताए।

सिडिइका राजभण्डारीका अनुसार अवधारणा पत्र मन्त्रिपरिष्दको बैठकले सार्वजनिक गरेपछि कर्मचारीले तीब्र गतिमा काम अगाडि बढाउने छन्।‘नयाँ अवधारणामा अनुगमन, दर्ता पक्रिया, जहाज सञ्चालन कार्यबिधि, प्राविधिक पक्ष, यात्रुको सुरक्षा, बीमालगायतको प्रबन्ध मिलाएर अवधारणा पत्र तयार गरेको छ।’ उनले भने।पानी जहाज सञ्चालन गर्नका लागि बिभिन्न नदीहरुको अनुसन्धान भैरहेको उनले बताए। उनका अनुसार एकटोलीले नदीनालाका विषयमा अध्ययन गरिरहेको छ।

पानी जहाजका लागि अध्ययन गर्ने टोलीले वर्षायाममा, हिउँदे याममा वा अन्य कुन मौसममा कतिवटा कति क्षमता भएका पानी जहाजहरु सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा अध्ययन गर्ने उनले बताए।‘नेपालका खोलानालामा प्राय बीचबीचमा ठूलठूला ढुंगाहरु भएको व्यवसायीहरुले हामीलाई बताउँदै आएका छन्’, सिडिई राजभण्डारीले भने, ‘तीब्र गतिमा आएको पानी जहाज कतै ढुंगा लागेरै दुर्घटना भयो भने ठूलो मात्रामा जनधनको क्षति हुन सक्छ। त्यसैले अध्ययन गर्न गएको हाम्रो टोलीले सबै पहिचान गरेर जहाजको सुरक्षा र भविश्यमा आउने बाधा अड्चनबारे अध्ययन गर्दैछन्।’एउटा घटना सम्झदै उनले भने, ‘केही समय अगाडि एक व्यवसायीको १०\१५ सिटे पानी जहाज नदीमा ढुंगामा लागेकै कारण दुर्घटना भएको रहेछ। दुर्घटना भएपछि केही काम नै नलाग्ने रहेछ, सानो पानी हजार करिब २०\२५ लाख घाटा भएको ती व्यवसायीले बताएका थिए।’

उनका अनुसार ऐन नियम कार्यान्वयनपछि मात्र दर्ता पक्रिया सुरु हुन्छ। हाल पनि बिभिन्न ठाउँमा सञ्चालन हुँदै आएका डुङ्गाहरु, पानी जहाजहरु सबै दर्ता पक्रिया र अनुमति पत्र पाएपछि मात्र सञ्चालन हुन्छन्। काम गर्ने कर्मचारीहरुको कार्यालयमा १६ जनाको दरबन्दी छ। तर हाल ९ जना मात्र कर्मचारीहरुले मात्र प्रशासनिक काम गरिरहेका छन्।पानी जहाज सम्बन्धि ऐन नियमको अवधारणा क्याविनेटबाट निर्णय भएको भोलीपल्टै नै सबै कर्मचारीहरु आउने विश्वास लिएको उनले सिडिई राजभण्डारीले बताए।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय