सौल ,दक्षिण काेरिया ,
नेपाली जनसम्पर्क समिती द काेरियाले जनजागरण अभियानको सुरुवात राजधानी सउल बाट गत आइतबार उद्घाटन गरि शुरु गरेको छ । नेपाली कांग्रेसका नेता पुर्वी मन्त्री , लेखासमिति सदस्य ,संघिय सांसद राजन केसिकाे प्रमुख आतिथ्यतामा नेपाली कांग्रेसकाे जागरण अभियान भब्यताका साथ सुरु गरेको हाे ।
नेपाली कांग्रेसले देश ब्यापिरूपमा संचालन गरेको अभियानलाई प्रवासमा पनि उत्साहजनक बनाउन काेरियामा पनि अभियानकाे सुरूवात गरिएको आयाेजकले जनाएको छ।
कार्यक्रममा जनसम्पर्क समितिका पुर्व सभापतिहरू , केन्द्रीय महासमिति सदस्यहरू क्षेत्रीय सभापतिहरू लगाएत काेरियामा रहेका कांग्रेस समर्थकहरुकाे बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रममा बाेल्दै नेता केसीले बर्तमान सरकार तानाशाह तर्फ उन्मुख हुदै गएको बताए ।कुरा गराई र काम गराईमा आकाश जमिनको फरक रहेको , जनतालाई हावादारी कुराहरू गरेर अल्मलाउन खाेजेकाे कुराकाे जानकारि दिदै यस्तो खालको रबैया क्षणिक हुने पनि बताए ।लेखा समितिकाे प्रतिवेदनलाई अपमान गरेर भ्रष्टाचारिलाई जाेगाउन अर्को समिति गठन गर्नुले पनि प्रष्ट हुन्छ सरकार कति पारदर्शी छ उनले भने ।
कार्यक्रममा बाेल्दै नेता केसीले कम्युनिस्ट सरकारले सदनमा बिबादास्पद विधेयक प्रस्तुत गरेर आफ्नाे तानाशाही प्रवृत्ति प्रस्तुत गरेको छ ।
मानव अधिकार विधेयक ,मिडिया काउन्सिल विधेयक र सुरक्षा विधेयकहरू अगाडि सारेर सबै संयन्त्र आफ्नो कब्जामा राखेर अधिनायकवाद तर्फ उन्मुख हुन खाेजेकाे आराेप पनि लगाए ।
नेपाली जनसम्पर्क समिति काेरियाका उपसभापति लक्ष्यमण दाहालकाे स्वागत मनतब्य संगै सुरू भएकाे कार्यक्रममा प्रेम पाैडेल,लक्ष्यमण कार्कि,प्रबक्ता सिताराम तिमल्सिना ,सल्लाहकार हरू डाक्टर अग्नि काेईराला,प्रकाश धमला,बिपिन गुरूङ, सल्लाहकार एवं महासमिति सदस्य भजिन्द्र क्षेत्री , नवराज शिवाकोटि लगाएतले संगठनकाे सुदृढीकरण र प्रवासका समस्याकाे बारेमा आ -आफ्नाे धारणा राखेका थिए ।
संगठन सबैकाे साझा घर भएकोले घरभित्रका सामान्य कुराहरू, केही असहमतिहरू भए नेतृत्वले तत्काल समाधान गर्नुपर्ने बाेल्ने वक्ता हरुकाे जाेड थियो ।पाटि भित्रका असहमतिहरू बाहिर छताछुल्ल हुदा पाटि कमजोर दिशा तर्फ उन्मुख हुने भएकोले यस्तो संस्कारकाे अन्त केन्द्र देखि तत्लाे कमिटी सम्म हुनुपर्ने साथै वर्तमान सरकारको बेथिति उपर खरो प्रहार गरेर अघि बढ्न र
नेपाली कांग्रेस लाई ससक्त र जनमुखी वनाउन जागरण अभियान आवस्यक रहेको कुरा सभापति आस्था विन्दु मल्लले बताईन । कार्यक्रमकाे संचालन कार्यबाहक महामन्त्री मित्र बन्धु काफ्लेले गरेका थिए । साैल बाट सुरु भएको जनजागरण अभियान काेरियाका ८ वटै क्षेत्रमा पुग्ने छ ।