सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

मोना दक्षिण कोरियाले रमाइलो बनभोज कार्यक्रम गर्दै ,कोरियाबासी नेपालीहरुलाई निमन्त्रणा

सौल दक्षिण कोरिया ,
दक्षिण कोरियास्थित म्याग्दीलीहरुको गौरवमय इतिहास बोकेको सामाजिक संस्था मोना दक्षिण कोरियाको आयोजनामा रमाइलो वनभोज कार्यक्रम हुने भएको छ । आउँदो महिना जुलाई ६ र ७ गते गरि दुई दिन सम्म गरिने उक्त वनभोज कार्यक्रमा कोरियामा रहनुहुने सम्पुर्ण म्याग्दीलीहरु उपस्थिति रहने आयोजक मोना दक्षिण कोरियाले जनाएको छ ।
दक्षिण कोरियामा सामाजिक रुपमा निकै अगाडी रहेका म्यादीलीहरु र हाम्रो ऐतिहासीक गौरव बोकेको सामाजिक संस्थालाई थप सक्रिय बनाउनुका साथसाथै कोरियालाई कर्मथलो बनाएर बस्नुहुने म्याग्दीली हरु बिचको एकता ,माया, ममतालाई थप मजबुत र प्रगाढ बनाउदै आगामी दिनहरुलाई थप उल्लासमय बनाउने अभिप्राय राखेर रमाईलो वनभोज कार्यक्रम राखिएको मोना दक्षिण कोरियाका अध्यक्ष्य किसन सेन्चुरीले सेतो शिखरलाई बताए ।

यस वनभोज कार्यक्रमलाई आकर्षक तथा उलासमय बनाउन जाने आउने भिआईपि बसको ब्यबस्था ,र्याफ़्टीङ्ग र स्वीमिंग को प्रबन्ध ,कोरियाका प्रसिद्द रमणीय पर्यटकिय स्थलको अवलोकन गराउनुका साथै bbq सहित प्रशस्त स्वादिष्ट खाना , लोकल खसीको मासु नेपाली सेल रोटी , तथा कोरियन अर्गानिक खानाको साथमा कोरियाकै उत्कृस्ट हलमा लाईभ दोहोरि तथा डिजे डान्स हुने ब्यबस्था मिलाईएको आयोजकले जनाएको छ ।  

यस कार्यक्रममा म्याग्दीलीलाई मात्रै नभएर जान चाहने जो कोहिले पनि सम्पर्क गर्न सक्नुहुनेछ ।जान इक्छुकलाई भनि मोना कोरियाले उपस्थितिको लागी हार्दिक अनुरोध गरेको छ ।
कार्यक्रमको बारेमा :
मिति:जुलाई 6 र 7
बस छुट्ने समय:19:30/ 20:00 동대문 역 (gate no,3) र 수원 역
स्थान: 강원도 정성군 북평면 장열리
सम्पर्क
किसन सेन्तुरी-010-9558-8684/सुनेश के.सी-010-5821-5357/दुर्गा भण्डारी-010-7164-9771/सुमन पौडेल-010-2151-6884/मनिष गौचन-010-4434-6022/सिमा गर्बुजा पुन/पुस्कल पुन-010-7263-3368/सनम शाक्य-010-2385-9417

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय