सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

‘के हुदैछ सिरियामा दश दिनमा १०० भन्दा बढी गैरसैनिकको मृत्यु’

सिरियामा २६ बालबालिका सहित एक सयभन्दा बढि मानिसहरू अस्पताल, विद्यालय, बजार र बेकरिमा भएका सरकारी हमलामा मारिएको राष्ट्रसंघकी मानव अधिकार प्रमुखले बताएकी छन्।

मिचेल बचेलेटले त्यस्तो मृत्यु ‘सरकार र रूससहितका उसका साझेदारले गरेका कठोर हवाई हमलासँग जोडिएको’ बताएकी छन्।उनले गैरसैनिक स्थलमा भएका आक्रमणलाई दुर्घटना भन्न नमिल्ने बताइन्।रुसले चाँही नागरिक बस्ने ठाउँहरूमा आफूले हवाई हमला नगरेको बताएको छ।

आक्रमण

राष्ट्रसंघकी मानव अधिकार प्रमुखले स्पष्ट अन्तर्राष्ट्रिय मतभिन्नतालाई त्यस्तो अवस्था सिर्जना हुनुको कारण बताइन्।पत्रकारहरूसँग बोल्दै मिचेल बचेलेटले त्यो विश्वका शक्तिशाली राष्ट्रको नेतृत्वको असफलता रहेको बताइन्।विद्रोही पकड रहेको इडलिब क्षेत्रमा मृत्युको सङ्ख्या बढिरहेको अवस्थालाई उनले राष्ट्रसंघीय सुरक्षा परिषदको निकम्पनको रूपमा अर्थ्याइन्।

उनले त्यस्तो हमला घटाउनेहरू युद्ध अपराधमा मुछिन सक्ने भन्दै चेतावनी समेत दिइन्।

बचेलेटले भनिन्: जसरी एकै तरिकाले धेरै हमलाहरू भएका छन् त्यसलाई दूर्घटना भन्न सकिंदैन।

सुरक्षा

इड्लिब सहित उत्तरी हामा र पश्चिमी अलेपो प्रान्त आठ वर्ष यताको सिरियाली युद्धका अन्तिम पकड क्षेत्रहरू हुन्।गत सेप्टेम्बरमा त्यहाँ रूस र विपक्षीलाई सघाइरहेको टर्कीले युद्धविराम गरेका थिए। जसले गर्दा त्यहाँ बस्ने २७ लाख नागरिकहरूले सुरक्षित महसुस गरेका थिए।२९ एप्रिलयता बिग्रिएको त्यहाँको अवस्थाका कारण त्यहाँ ३५० भन्दा बढि नागरिकहरू मारिएको र तीन लाख तीस हजार घर छाड्न बाध्य भएको बताएको गतसाता राष्ट्रसंघले बताएको थियो।

गत दश दिनमा १०३ थप मानिसहरू मारिएपछि मृतक र विस्थापित दुवैको सङ्ख्या बढ्नेछ।सरकारले भने अल कायदासँग जोडिएका जिहादीहरूले युद्धविराम उलंघनका कदमहरू बढाएकाले कार्वाही गर्नु परेको बताउँदै आएको छ।रुसले भने बजार र नागरिक बसोबासका क्षेत्रमा आफूले हवाई हमला नगरेको बताएको छ।स्रोत : बि बि सी

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय