
कोरियामा भएको सडक दुर्घटनामा पाँचथरका सरोज आङदेम्बे, धादिङका ठाकुर तामाङ र उदयपुरका भुपाल राईको मृत्यु भएको थियो। उनीहरू कोरियामा सामसुङ कम्पनीमा कार्यरत थिए।
सिओलस्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेर क्षतिपूर्ति उपलब्ध गराउने विषयमा जानकारी दिएको छ।मृतकका परिवारलाई सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयको आर्थिक प्रशासन शाखामा सम्पर्क राख्न अनुरोध गरिएको छ।
