सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

पब्लिक स्पिकर बिजेता रमेश प्रसाई कोरिया आउदै।

पछिल्लो समय निकै चर्चा पाएका स्पस्ट बक्ता रमेश प्रसाई कोरिया आउने भएका छन् । नेपालीका लागी नेपाली संस्थाले कोरियामा राहतकोष संकलनार्थ सेक्टेम्बर १३ तारिख अर्थात छुसकको दोस्रो दिन आयोजना गर्न लागेको “सांगीतिक महाधमाका -२०१९” को लागि बिसेष कलाकारको रुपमा प्रसाई कोरिया आउने भएका हुन् ।

नेपालको धरान घर भएका प्रसाई एपी वन एचडी टेलिभिजनले आयोजना गरेको पब्लिक स्पिकर प्रतियोगिताका बिजेता समेत हुन् । शारीरिक रुपमा असक्त भएतापनि उनीमा हरेक कुरालाई शुक्ष्म रुपमा बिश्लेषण गर्न सक्ने अथाह क्षमता छ । यहि क्षमताको कारण उनि हाल निकै चर्चामा छन । हरेक नेपालीले रुचाएका चर्चित ब्याक्तित्वलाई कोरियामा ल्याउन पाउदा निकै खुसी लागेको राहतकोष संकलन अभियानका अभियान्ताहरुले बताए ।

उक्त कार्यक्रममा कोरियामा बिभिन्न कारणले मानसिक तनाबमा परेका नेपालीहरुलाई सकारात्मक सोच तिर बदल्न प्रसाइले बिशेष प्रेरणा दिने समेत बताइएको छ ।उनि संगै नेपालका बिशेष ख्यातिप्राप्त बिभिन्न विधाका कलाकारहरु कोरिया ल्याउने तयारी भएको आयोजकले बताएको छ । सम्पूर्ण कलाकारको अन्तिम पोस्टर आगामी सोमबार भित्र बाहीर ल्याउने तयारी भएको संस्थाले जनाएको छ ।

कोरियामा आयोजना गरिने।अन्य कार्यक्रमहरु भन्दा बिशेष महत्व बोकेको कार्यक्रम भएकोले बिभिन्न उद्देश्यका साथ कोरियामा बसेका नेपालीहरुले यस कार्यक्रमलाई साथ दिने आयोजकले बिस्वास गरेको छ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय