सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

बोल्दा र लेख्दा होस् पुर्याउनुहोस ।ग्रुप च्याटमा जातीय गालीगलौज गर्ने ५ नर्स पक्राउ

३१ असार, पोखरा । पोखरा शान्ति परियार पेसाले नर्स हुन् । उनी पोखरामै रहेको फेवा सिटी अस्पतालमा काम गर्छिन् । जेठको अन्तिम साता उनले एउटा कुरा थाहा पाइन्, ‘सहकर्मीले समाजिक सञ्जालमा ग्रुप च्याट बनाएर जातमाथि कटाक्ष गर्दैछन् ।’फेसबुकमा ग्रुप च्याट बनाएर जातीय गालीगलौज गर्ने ती सहकर्मी थिए, पोखरा जाल्पारोडकी सुष्मा थापा, हेमजाकी सुस्मिता कुँवर, नयाँगाउँकी निर्मला थापा, सिमाना मल्ल र सुष्मा गुरुङ र ईशा पुन ।

परियारले गोप्य ग्रुप च्याट उक्त समूहकै एकजना साथीबाट थाहा पाएकी थिइन् । सहकर्मीले नै अश्लिल शब्द प्रयोग गर्दै चरित्र हत्या गर्ने गरेको थाहा पाएपछि उनले अस्पताल प्रशासनलाई गुहारिन् । अस्पतालले समेत आरोपितलाई माफी लगाउनबाहेक अन्य कारबाही प्रक्रिया अघि बढाएन ।आरोपित सहकर्मीले छुवाछुतजस्तो गम्भीर गल्तिमा पनि महसुस नगरी औपचारिकता पूरा गर्न मात्रै माफी मागेको दाबी गर्दै उनले संयुक्त दलित संघर्ष समिति कास्कीमा निवेदन दिइन् ।

समितिकै सहयोगमा परियारले असार १२ गते प्रहरीमा जातीय विभेदको मुद्दामा जाहेरी दिएकी थिइन् । जाहेरी दिएको १० दिनपछि असार २२ गते आरोपितमध्ये ५ जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा सुष्मा थापा, सुस्मिता कुँवर, निर्मला थापा, सिमाना मल्ल र सुष्मा गुरुङ छन् । आरोपितमध्ये ईशा पुन भने देश बाहिर रहेको कास्की प्रहरी प्रवक्ता राजकुमार केसीले जानकारी दिए ।

‘उनीहरुलाई हामी पक्राउ गरेर जातीय विभेदको मुद्दामा म्याद थप गरी हिरासतमा राखेका छौं,’ केसीले भने यसका अन्य पाटाबारे अनुसन्धानसमेत गरिरहेका छौं ।’ उनले कास्कीमा छुवाछुतसम्बन्धी लामो समयपछि आएको पछिल्लो घटना नै त्यही भएको जानकारी दिए ।

यो

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय