सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

मदन भण्डारी विश्वविद्यालयका नाममा २ सय रोपनी जग्गा दियो सरकारले

1200*120

काठमाडौं – सरकारले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको नाममा चित्लाङमा २ सय रोपनी जग्गा दिएको छ। स्वच्छन्द भैरव माध्यामिक विद्यालयको नाममा चित्लाङमा रहेको जग्गा शिक्षा मन्त्रालयको प्रस्तावमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय पूर्वाधार समितिको नाममा दिइएको हो।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता बैकुण्ठ अर्यालले अहिले करिब दुई सय रोपनी जग्गा मन्त्रिपरिषद्बाट निर्णय गराएर मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय पूर्वाधार समितिका नाममा दिइएको बताए। अब थप ३ सय रोपनी जग्गा पूर्वाधार समितिको नाममा ल्याउने प्रक्रिया अघि बढिरहेको उनको भनाइ छ। सो सम्पत्तिपछि गएर मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको हुने प्रवक्ता अर्यालले जानकारी दिए।

1200*120
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय

1200*120