एजेन्सी
श्रीलङ्काले चार दशकभन्दा लामो समयपछि मृत्युदण्ड दिने कर्मचारी नियुक्त गरेको छ।
श्रीलङ्काका राष्ट्रपतिले लागुपदार्थको मुद्दामा दोषी ठहर भएका चार कैदीलाई झुन्डाएर मृत्युदण्ड दिने घोषणा गरेपछि ४३ वर्षपछि दुई वधिक नियुक्त भएका हुन्।सन् १९७६ मा मृत्युदण्ड दिने चलन स्थगित गरिएको थियो।
सरकारले “उच्च नैतिक चरित्र” भएका इच्छुक व्यक्तिलाई वधिकको पदमा आवेदन दिन गत फेब्रुअरीमा विज्ञापन गरेको थियो।दुई पदका लागि एक सयभन्दा बढी व्यक्तिले आवेदन दिएका थिए।मृत्युदण्ड दिने जिम्मा पाएका वधिकले पाँच वर्षअघि राजीनामा दिएपछि श्रीलङ्काले उनको उत्तराधिकारी नियुक्त गर्न सकेको थिएन।सरकारले ती पदका लागि खोजेको व्यक्ति श्रीलङ्काको नागरिक तथा मानसिक रूपमा बलियो हुनुपर्ने र १८ देखि ४५ वर्षको पुरुष हुनुपर्ने उल्लेख गरिएको थियो। बि बि सी