संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री योगेश भट्टराईले सपथ लिएका छन् ।
सत्तारुढ नेकपाका स्थायी कमिटी सदस्य भट्टराईले अपराहृन राष्ट्रपति विद्यादेवी भण्डारीसामू पद तथा गोपनियताको सपथ लिएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार दिउँसो भट्टराईलाई पर्यटनमन्त्री नियुक्त गरेका थिए ।
गत १५ फागुनमा तत्कालिन पर्यटनमन्त्री रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा ज्यान गएको थियो ।