मिन बि क दक्षिण कोरिया ,
गैरआवासीय नेपाली संघ (एनआरएन) दक्षिण कोरियामा यतिबेला चुनावको मेला चलिरहेको छ । प्रत्यक दुई दुई बर्षमा आउने यो मेलामा हजारौं नेपालीहरुले सहभागिता जनाउने गर्छन प्रत्यक्ष होस् वा अप्रत्यक्ष ।दुई महिना अगाडी देखि नै प्रत्यक्ष रुपमा मेलामा होमिने रुपमा बिशेष गरेर उम्मेदवार पर्ने गर्छन ।कोरियाली भूमिमा रहेर नेपाल र नेपालीको हितका लागी भनेर उम्मेदवारी दिने उम्मेदवारहरुका नाराहरु पढेर गिज्याउने नेपालीहरुको हरुको जमात पनि ठुलै छ कोरियामा । तर जो जसलाई चुनाव लाग्छ उनीहरु भने खुलेरै लागी पर्छन ।
त्यसगरी अहिलेको एन आर एन कोरियामा के कति जना चुनावी मैदानमा ओर्लिसके त ? सेतोशिखर डट कमले यहि प्रश्न एन आर एन अध्यक्ष लक्ष्मी गुरुङ संग सोधेका थियौं ।
हाम्रो प्रश्नको उत्तर दिंदै एन आर एन अध्यक्षले भनेकी छन् कि ” हालसम्म फेसबुकमा देखिए अनुसार चार जनाको उम्मेदवारी घोषणा भएको छ ।
जसमा अध्यक्षको लागी दुई जना , बिपिन गुरुङ र बुद्धि गुरुङ साथै महासचिवको लागी दुई जना बिमल सुबेदी र धर्मराज जोशी हुन् । आउने क्रम जारी नै छ बिस्तारै आउदै गर्नेछ ।
धेरै देशहरुमा अध्यक्ष दोहोरिने पनि गरेका छन् नि , तपाई नआउने ? पुग्यो एक बर्षमै भनेको सोधेको प्रश्नमा ,हाँसो थप्दै हेरौं अन्तिमसम्ममा ,चुनावी मैदानमा ओर्लने सम्भावना नै नभएको चाँही होइन , भन्दै आफु पनि चुनाव लड्न सक्ने घुमाउरो पाराले उम्मेदवारी दिन सक्ने संकेत दिएको देखिन आएको छ ।