गैरआवासीय नेपाली संघ (एनआरएन) दक्षिण कोरियाको
अधिबेशनको माहोल नजिकदै जादा विभिन्न पदको लागि उम्मेदवारी घोषणा गर्नेको संख्या दिनप्रतिदिन बढ्दैछ ।
यसै सिलसिलामा गैरआवासीय नेपाली संघ (एनआरएन) दक्षिण कोरियाको अध्यक्षमा बुद्दी गुरुङले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।
को हुन बुद्धि गुरुङ :-
बिगत २८ बर्ष देखि कोरियालाई आफ्नो कर्मथलो बनाएका उनी एक सफल ब्यवसायी हुन,कोरियाको विभिन्न शहरमा उनले रेस्टुरेन्ट ब्यवसाय गर्दै आएका छ्न। आफ्नो ब्यवसाय सङसङ्गै सामाजिक क्षेत्रमा समेत उनको ठुलो योगदान रहिआएको छ। एनआरएनए कोरियाको अभियान्ताको रुपमा परिचित उनी तमु धि दक्षिण कोरियाको वरिष्ठ उपाध्यक्ष ,रोटरी क्लबका बरिस्ठ उपाध्यक्ष , एसिया कल्चर ग्रुपका कार्यसमिती सदस्य भएर काम गरिसकेका छ्न भने हाल रेस्टुरेन्ट ब्यवसायीका अध्यक्ष समेत हुन।
एनआरएन अध्यक्षमा उम्मेदवारी दिनुको कारण :-
१) कोरियामा विभिन्न पेशामा आवद्ध नेपालीहरु माझ एनआरएन कोरिया सस्था प्रती अपनत्व बोध गराउन
२) मजदुरमैत्री एनआरएन बनाउन
३) दूतावास सङ्ग सहकार्य गरि वैदेशिक लगानी भित्र्याउन
४) कोरियामा रहेका सामाजिक , जातिय , राजनितिक ,क्षेत्रीय सस्था सङ्ग सहकार्य र समन्वय गर्ने आदि इत्यादी रहेको जानकारी गराएका छ्न।
उनि केही दिनमा नै पत्रकार सम्मेलन गरि आफ्नो चुनावी घोषणापत्र प्रस्तुत गर्ने तयारीमा रहेका छ्न।
एनआरएनए दक्षिण कोरियाको अध्यक्ष पदको लागि बुद्धि गुरुङको उम्मेदवारी !
Comments