सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

महेश्वर रिमालको अध्यक्षतामा नेपाली काङ्ग्रेस अर्जुनचौपारी-पोखरा सम्पर्क समिती गठन ।

रमेश रोकाहा , पोखरा
स्याङ्जा जिल्ला, अर्जुनचौपारी गाउपालिका स्थायी घर भइ हाल पोखरामा स्थायिअस्थायी रुपमा बसोबास गर्नुहुने नेपाली काङ्ग्रेस आवद्ध कार्यकर्ताहरुको गाउपालिका स्तरिय प्रारम्भिक भेला नेपाली काङ्ग्रेसका अगुवा कार्यकर्ता बिष्णु प्रसाद काफ्लेको अध्यक्षता तथा संविधानसभा सदस्य राजु थापाको प्रमुख आतिथ्यतामा आज पोखरा-१७, बिरौटा स्थित सनफ्लावर पार्टी प्यालेसको सभाहलमा सम्पन्न भएको छ । विविध उदेश्यका साथ पोखरा रहेर पनि आफ्नो जन्मभुमि, गाउपालिका र आस्थावान काङ्ग्रेस पार्टिको चिन्तन भएका काङ्ग्रेस समर्थित कार्यकर्ताहरुबिच आपसी समन्वय गर्ने, सामुहिक भावनाको बिकास गर्ने र पार्टिको मर्मलाई हृदयङ्गम गरि पार्टीको सर्वोपरी हितका लागि आवश्यक रचनात्मक भुमिका निर्वाह गर्ने उदेश्यका साथ सम्पन्न भएको प्रारम्भिक भेलाले महेश्वर रिमालको अध्यक्षतामा ५ सदस्यिय सल्लाहकार समिती सहित १७ सदस्यीय कार्यसमिती गठन गरेको छ ।

सम्पन्न प्रारम्भिक भेलामा बोल्दै संविधानसभा सदस्य राजु थापाले नेपाली काङ्ग्रेसले गुटउपगुट लगायत विविध कारणबाट भएको पराजयले पाठ सिक्दै, आम कार्यकर्तासङ्ग आवश्यक समन्वय गर्दै बिगतका त्रुटी सच्याएर आम जनताका आवश्यकता र माग सम्बोधन हुनेगरी नेपाली काङ्ग्रेस अगाडि बढ्नुपर्ने आवश्यकता रहेको र आफू त्यसको लागि हरदम तयार रहेको बताउनुभयो । कार्यक्रममा संयोजक बिष्णु प्रसाद काफ्लेको स्वागत मन्तव्य रहेको कार्यक्रममा प्राज्ञिक व्याक्तीद्वय सन्जिब खनाल र टेकनाथ पौडेल, नेपाली काङ्ग्रेस स्याङ्जा पोखरा समितिका उपसभापति तिलकराम पौडेल, क्षेत्रीय सभापति गोपाल ढकाल, बिद्यार्थी नेता प्रताप पौडेल, गोविन्द सापकोटा, भिरकोट नगरपालिकाका काङ्ग्रेस अगुवा लिला प्रसाद पङ्गेनी लगायतले मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम संचालन पोतप्रसाद पौडेलले गर्नुभएको थियो भने नेपाली काङ्ग्रेस वार्ड १७ का कोषाध्यक्ष कोपिला तिवारी ज्युको समेत उपस्थिति रहेको कार्यक्रममा पार्टिको सुभचिन्तकका रुपमा काङ्ग्रेसप्रती निरन्तर योगदान गरेतापनी प्रत्यक्ष रुपमा सदस्यता नलिनुभएका टंक प्रसाद चापागाइ ज्युले उक्त कार्यक्रममा प्रमुख अतिथी राजु थापाबाट औपचारिक रुपमा टीका लगाइ पार्टिमा प्रवेश गर्नुभएको थियो ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय