सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

उत्तर कोरियाले आज बिहानै छोटो दुरीको २ मिसाईल लन्च

बिहान २.५९ र ३.२३ बजे मिसाईल लन्च

सौल दक्षिण कोरिया ,
उत्तर कोरियाले आज बिहान दुई ओटा छोटो दुरीको मिसाईल लन्च गरेको छ ।
प्रक्षेपण गरेको स्थान यंगहुंग क्षेत्र, दक्षिण हैमयोंग प्रान्तमा बिहान २.५९ र ३.२३ बजे रहेको छ ।
दक्षिण कोरियाको सुरक्षा निकायले जनाए अनुसार यो मिसाईल करिब २५ कि.मि माथि आकासमा उड्दै ६.९ कि.मि को गतिमा २२० कि.मि पर पुगेर बिष्फोट भएको छ ।
आज बिहान ७.३० बजेदेखि ९ बजेसम्म दक्षिण कोरियाको सुरक्षा संयन्त्रको बैठक राष्ट्रपती भवनमा बसेको र यो बिषयमा गम्भिर रुपमा चर्चा गरिएको एक मन्त्रीले जानकारी दिए । मिसाइल परिक्षण एक मात्रै नभएर अरु पनि हुन सक्ने आसंका समेत गरेका छन् ।
उत्तर कोरियाले यो गत महिना र यो महिना गरेर छोटो दुरीको मिसाईल ३ ओटा लन्च गरेको छ । भने आगामी ९ तारिख पनि अर्को मिसाईल लन्च गर्ने तयारी गरेको छ
स्रोत: केबिएस न्युज

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय