सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

एनआरएनए कोरियाको सचिबमा अभिषेक सापकोटाको उमेद्वारी घोषणा

सौल दक्षिण कोरिया ,
एन आर एन ए दक्षिण काेरियाकाे साताैँ अधिबेशन नजिकिए सँगै सामाजिक क्षेत्रमा सक्रिय ब्यक्तित्व अभिषेक सापकाेटाले सचिब पदमा उम्मेद्दवारि घाेषणा गरेका छन l

सामाजिक कार्यमा अग्रसर अभिषेक सापकाेटा काेरियाका बिभिन्न सँस्थाहरु मार्फत सामाजिक कार्यमा अग्रसर ब्यक्ति हुन,काेरियामा रहेकाे एन आर एन ए लाई सबै नेपाली र बिषेशगरि ठुलाे सङ्ख्यामा रहेका श्रमिक सम्म पनि पुर्याउने र सबैकाे पहुँचमा हुने मजदुर मैत्रएन एन आर एन ए बनाउन आफ्नाे उम्मेद्दवारि रहेकाे बताउँदै सबैलाई आफुलाई सहयाेग गर्ने अनुराेध पनि गरेका छन l

गुल्मी स्थाई घर भएका अभिषेक सापकाेटा गुल्मी सम्पर्क समितिका काेषाध्यक्ष पनि हुन ,एन आर एन ए प्रततिकाे आलाेचना हटाउँदै एउटा सक्षम र सबल एन आर एन ए बनाउने, नेपालमा हुन लागेकाे भ्रमण बर्षलाई सफल बनाउँदै देशाकाे अार्थिक बिकाशकाे निम्ति काेरियाबाट लगानि सँगै पर्यटक नेपाल पठाउन पहल गर्ने प्रतिबद्दता जनाएका छन ,साथै काेरियामा हुने बिभिन्न घटना दुर्घटना र नेपालमा आकस्मिक रुपमा आईपर्ने दुर्घटना एवम प्राकृतिक बिपदमा सहयाेग गर्न काेरियामा आपतकालिन राहतकाेष र सबैलाई बिश्वनिय र सबै जाेडिन सकिने आपतकालिन राहतकाेष समिति निर्माण आवश्यक रहेकाे र आफुले त्यकाे लागि सबै सँघसँस्था एवम सामाजिक ब्यक्तित्व सँग मिलेर पहल गर्न चाहेकाे उनि बताउँदछनl

आफु नेतृत्वमा पुगे एन आर एन एकाे नेतृत्व सँग जाेडिएर मातृभुमि काे आर्थिक बिकाशमा टेवा पुर्याउनु का साथै काेरियामा रहेका नेपालीहरुकाे हक हितकाे लागि आफु एकदमै दृढ ,पारदर्सि र निष्पक्ष भएर काम गर्ने प्रतिबद्दता पनि उनले जनाएका छन साथै सबै सँगकाे छलफलबाट गर्न सकिने कामकाे बिष्लेषण गर्दै प्रतिबद्दता पत्र छिट्टै सार्बजनिक गर्ने कुरा उनले बताएl

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय