सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

एनआरएनए दक्षिण कोरियाको कोषाध्यक्षमा चन्द्र रानाको उमेद्वारी

सौल दक्षिण कोरिया

एनआरएनए दक्षिण कोरियाको सातौँ अधिबेशन नजिकिँदै गर्दा सामाजिक क्षेत्रमा अग्रसर ब्याक्तित्व  चन्द्र रानाले कोषाध्यक्ष पदमा उमेद्वारी घोषणा गरेका छन l

गुल्मी जिल्ला घर भै बिगत ८ बर्ष देखि कोरियामा रहेर सामाजिक क्षेत्रम अग्रसर बन्दै आइराहेका राना गुल्मी सम्पर्क समितिका कोषाध्यक्ष , बरिष्ठ उपाध्यक्ष हुदै हाल अध्यक्ष पदमा छन l उनि नेपाल भलिवल संघ दक्षिण कोरियाका सह -सचिब समेत  हुन l

लामो समयदेखि बिभिन्न संघ संस्थामा रही सामाजिक कामको अनुभब बटुलेका रानाले एनआरएन कोरिया भित्र रही आर्थिक  हिसाबकिताबलाई चुस्त दुरुस्त राख्न महत्वपूर्ण भूमिका खेल्ने अठोट समेत लिएका छन् l
यसबाहेक बिभिन्न संघ संस्था संग समन्वय गरि  यहाँ रहेका नेपालीहरुका  समस्या निराकरण गर्न हरपल लाग्नु आफ्नो  उदेश्य रहेको बताउछन l

उनले कोरियामा रहेका सम्पूर्ण नेपाली  समुदायलाइ  साथ र समर्थनको निमित्त हार्दिक अपिल समेत गरेका छन् lकोष संचालन र आर्थिक पार्दर्शितामा निपुण रहेर नेपाल भलिबल संघको कोषलाई ब्यबस्थित रूपमा संचालन गरेका उनले एन आर एन ए जस्तो बृहत संस्थामा समेत आफ्नो दर्बिलो क्षमता प्रस्तुत गर्ने कुरामा कुनै दुई मत नहुने जनाएका छ्न।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय