दक्षिण कोरिया/ शौल/
गैर आवसिय नेपाली संघ (एनआरएन) दक्षिण कोरियाको चुनावको समय नजिकिदै जाँदा बिभिन्न पदको लागि उम्मेदवारी घोषणा भैरहेको छ । त्यस्तैमा उपाध्यक्ष पदका लागि लामो समय देखि कोरियामा बसोबास गरिरहेका सोम बहादुर तामाङले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।
‘म दक्षिण कोरिया आए देखि नै बिभिन्न संघ, संस्थामा बसेर काम गरिरहेको छु । जहाँ जाँदा पनि इमान्दारी पुर्वक काम गरेको छु । त्यसैले गैर आवासीय नेपाली संघमा पनि मैले सकेको काम गर्नेछु ।’ उनले भने । ‘गैर आवासिय नेपाली संघमा विगतमा जे जसरी चल्न पर्नेथ्यो । त्यसरी चल्न सकेन । संस्थागत विकास पनि हुन सकेन । त्यसैले हिजोका नकारात्मक सोचाइ र कामहरुलाई कम गर्न नयाँ र जुझारू साथीभाइकाे अावश्यक्ता छ । मलाइ साथीभाइले सहयाेग गरेर जिम्मेवारी दिनु भयाे सकेकाे सकारात्मक काम गर्नेछु ।’ उनले थपे ।
तामाङले नुवाकोट सेवा समाज, नेपाल तामाङ संघ र नेपाल आदिबासी जनजाति महासंघ दक्षिण कोरिया जस्ता संस्थामा बसेर काम गरि सकेका छन् । उनी नै अहिलेसम्म उपाध्यक्षमा उम्मेदवारी घोषणा गर्ने पहिलो उम्मेदवार बनेका छन् । यस अघि नै अध्यक्ष पदका लागि अहिलेका कार्यसमितिका बरिष्ठ उपाध्यक्ष बिपिन गुरुङ, बुद्धि गुरुङ र यज्ञराज सुबेदीले उम्मेदवारी घोषणा गरेका छन् । त्यसैगरी महासचिवमा धर्म राज जोशी र बिमल सुवेदी, उपाध्यक्षमा संजीव राई, कोषाध्यक्षमा राजेन्द्र दुलालले उम्मेदवारी घोषणा गरेको हो ।
एनआरएन दक्षिण कोरियाको उपाध्यक्ष पदमा सोम तामाङको उम्मेदवारी घोषणा
Comments