सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

खिसिटीउरिको पात्र बन्दै एन आर एन ए कोरिया, अस्तित्व नै खतरामा

मिन बि क सौल दक्षिण कोरिया ,
यतिबेला दक्षिण कोरियामा जति गर्मिले कोरिया तातेको छ , त्यो भन्दा बढी सामाजिक संजाल तातेको छ । यो कुनै बिशेष कारण नभएर दक्षिण कोरियामा हुन लागीरहेको गैर आवासिय नेपाली संघ कोरियाको सातौ अधिवेशनले गर्दा हो । उम्मेदवारहरुले सामाजिक संजाल मार्फत उम्मेद्वारी घोषणा देखि आ- आफ्ना चुनावी प्रतिवद्दताहरु सार्वजनिक गराईरहेका छन् भने तिनैको बिरोध र तिनैको समर्थनमा उर्लने सामाजिक प्रयोगकर्ताहरु पनि उत्तिकै मात्रामाबढेको देखिन आएको छ ।
किन बनाईदैछ त खिसी टीउरिको पात्र ?
एन आर एन ए कोरियालाई नजिक बाट नियालीरहेका तथा कोरियामा विभिन्न सामाजिक कार्यहरुमा सक्रिय रुपमा लाग्ने नेपाली ,सामाजिक अभियान्ता लगायतका कतिपयले कोरियामा ब्यबसाय गरेर बस्ने नेपालीहरुको लागी लक्षित गरेर बिरोध गर्ने गरेका छन ।बिगतमा हुने गरेको चुनावी माहोल र एन आर एन कोरियाको कार्यसमितिमा पुग्ने गरेका व्यक्तिहरुको खुलेरै बिरोध जनाएका छन् ।
कतिपयहरुले एन आर एन कोरिया हुण्डीको एक झुण्ड तथा ब्यबसाय प्रबर्धन गर्ने राम्रो बिज्ञापन एजेण्ट हो सम्म भन्न पछि परेनन् ।
यस्तो विरोध र समर्थनको बिचमा एन आर एन ए कोरियाको कार्यसमितिमा पुग्ने हुटहुटी उम्मेदवारहरुको एकातिर छ भने मतदाताहरु एक बोतल सोजु ( कोरियन रक्सि ) मा बिकेर गलत उम्मेदवारलाई आफ्नो अमुल्य मतको दुरुपयोग नगर्न सुझाव सामाजिक संजालमा आईरहेको खण्डमा आधिकारिक फेसबुक पेजबाट यस्तो अभिव्यक्ति आउनुले झन् आगोमा घ्यु थपेको जस्तो बनाएको छ |

दक्षिण कोरियामा चुनावी  सरगम बढ्दै गएपछि एन आर एन ए कोरियाको आधिकारिक फेसबुक पेजमार्फत खुलम खुला यस्तो भनिएको छ ।  यो अभिव्यक्ति आफैमा विरोधाभाष रहेको छ । यसले के अर्थ लाग्छ भने २ मान ओन ( कोरियन रकम २० हजार वन ) तिरेर जसले सदस्य संख्या बढी बाड्न सक्यो त्यो नै अहिलेसम्मको अध्यक्ष बनेको हो । एन आर एन ए एउटा ओझिलो संस्था हुनुपर्नेमा यस्ता किसिमका अभिव्यक्ति आधिकारिक पेजमार्फत दिदै गर्दा आफैमा खिसी टिउरीको पात्र बनाईदैछ ।
हेर्नुहोस एन आर एन कोरियाको आधिकारिक फेसबुक पेजमा यस्तो लेखिएको छ । “तपाईं,हाम्रो साझा सस्था सबैको साझा सस्था बनाउन आजै बाट लागि परौ,परिबर्तन तपाईं हाम्रै हातमा छ,कसैको लै लैमा नलागौ,2 मान वोन को पछि नलागौ,आफ्नु अधिकार आफैले सुरक्षा राख्नु,आफ्नु अधिकार अरुलाई नसुम्पाउनु!!!सबैले सदस्य लिएर सातौ अधिबेशन भब्यता साथ सफल पारीदिनु हुन हार्दिग अनुरोध गर्दछौ!!!!!”

को हुन् त गैर आवासीय नेपाली ?
कतिपयले कोरियामा रोजगारीको लागी इपिएस मार्फत आएका उम्मेद्वारहरुलाई लक्षित गरि बिरोध गर्ने गरेका छन्। रोजगारिको सिलसिलामा इ-९ भिसामा कोरिया भित्रिएकाहरु पधाधिकारीमा चुनाव लड्ने र जित्ने गरेको इतिहास पनि रहेको छ । भने यसपाली पनि यस्ता उम्मेदवारहरु देख्न पाईएको छ । यसले कतिपय सामाजिक प्रयोगकर्ताले कामदारहरु किन एन आर एन ए भन्ने प्रश्न नगरेका पनि होइनन तर गैर आवासीय नेपाली सम्बन्धि ऐन २०६४ ले यस्तो परिभाषा गरेको छ ।
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,–

(क) “गैर आवासीय नेपाली” भन्नाले नेपाली मूलको विदेशी नागरिक सम्झनु पर्छ र सो शब्दले विदेशमा बस्ने नेपाली नागरिक समेतलाई जनाउँछ ।

(ख) “नेपाली मूलको विदेशी नागरिक” भन्नाले कुनै व्यक्ति साविकमा स्वयम् वा निजको बाबु, आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को सदस्य मुलुक बाहेक अन्य मुलुकको नागरिकता लिएको व्यक्ति सम्झनु पर्छ ।

(ग) “विदेशमा बस्ने नेपाली नागरिक” भन्नाले सार्कको सदस्य मुलुकमा बसोवास गरेको, नेपाल सरकारबाट खटीई विदेशस्थित कुटनैतिक नियोग वा महावाणिज्य दुतावासमा बहाल रहेको र विदेशस्थित शिक्षण संस्थामा अध्ययन गरिरहेको नेपाली नागरिक बाहेक कुनै पेशा, व्यवसाय र रोजगारी गरी विदेशी मुलुकमा कम्तीमा दुई वर्ष बसोवास गरेको नेपाली नागरिक सम्झनु पर्छ ।

एन आर कोरियाको बर्तमान स्थिति
एन आर एन दक्षिण कोरियाको कार्यसमित अहिले अपूर्ण अबस्थामा रहेको छ ।कामदारको रुपमा भित्रिएका नेपालीहरुले उम्मेदवारी दिने , चुनाव पनि जित्ने गरेका छन् तर केहि महिनाको अन्तरालमा उनीहरुको कोरियाको भिषा सकिने र स्वदेश फर्किदिने गरेका छन् ।कतिपयहरु त चुनाव जितेर पुर्ण बैठकमा सहभागी नै नभईकन स्वदेश फर्किदिने गरेको । यसले गर्दा एन आर एन कोरियालाई सबल सक्षम नभएर संस्थालाई नै धराप पार्दै गएको स्थिति उत्पन्न भएको छ ।
यदि यस्तै स्थिति रहिरह्यो भने भविस्यमा एन आर एन कोरियालाई आफ्नो अस्तित्व जोगाउन पनि हम्मे हम्मे पर्नेछ । एन आर एन को साख बलियो बनाउने नै हो भने कोरिया बसाईको र संस्थामा उम्मेदवारी दिदा नै कडा रुपमा प्रस्तुत हुनुपर्ने देखिन आएको छ ।
भित्री समस्या के रहेको छ भने चुनाव ताका बन्ने गुट र उपगुट को तयारी गर्दा भविस्यमा पर्ने समस्याहरुको आंकलन नहुने रहेछ यो विगतले छर्लंग बनाएको छ ।
अघि पछि लुकेर बस्ने, कुनै पनि सामाजिक कार्यमा अग्रसर नहुने ,नेपालीहरुका समस्यालाई वास्तै नगर्नेहरुले जव चुनाव आउँछ त्यो बेला आकर्षक आकर्षक प्रतिबद्दताहरु तेर्साएर सबल र सक्षम व्यक्तिलाई हराउने झुण्डहरुले गर्दा पनि एन आर एन कोरिया अवसरवादीहरुको चपेटामा चुर्लुम्म डुबेको पाईन्छ ।
यसलाई पार लगाउन तथा सस्थाको साखलाई जोगाईराख्न बर्तमान नेतृत्वलाई चुनौती रहेको छ । एन आर एन कोरियामा कस्ता व्यक्ति प्रवेश गर्दा एन आर एन कोरियाको अस्तित्व जोगाईराख्न सकिन्छ त भन्ने बिषयमा उम्मेदवारीमा भिषा अवधिलाई पनि कडाईका साथ् लागु गर्नुपर्ने देखिएको छ ।

अहिलेको चुनावी माहोल
एन आर एन कोरियाले यहि सेप्टेम्बर २१ र २२ मा सातौँ अधिबेशन गर्ने भनेको छ । अधिबेशनलाई सफल बनाउनको लागी अस्ति भर्खर मात्रै आयोजक टीम गठन गरेको छ । सातौँ अधिबेशनको लागी अगष्ट १८ गतेसम्ममा पंजीकृत सदस्यता भर्ना सकिने आयोजकले जनाएको छ । पंजीकृत सदस्यता अनलाईन मार्फत भर्न सकिने जनाएको छ । संस्थाले पंजीकृत सदस्यता भर्नको लागी यो लिंक उपलब्ध गराएको छ । https://mero।nrna।org/user/
यो समाचार तयार पार्दासम्ममा ,संघको सातौँ अधिवेशनका लागि अध्यक्ष पदमा अहिलेसम्म ४ जनाले उम्मेदवारी घोषणा गरेका छन् ।जसमा यज्ञराज सुवेदी, विपिन गुरुङ, बुद्धि गुरुङ र लक्ष्मी लामा गुरुङ हुन् ।
आईसिसी सदस्यमा ओम जुगजाली मगर, संघको वरिष्ठ उपाध्यक्ष पदमा अमृत राई, जीवन थापा र शिव रेग्मीले उम्मेदवारी घोषणा गरेका छन्। उपाध्यक्ष पदमा संजीव राई, ईश्वर रोकाय, सोम तामाङ, यदु लामिछाने र अबिका पार्कले उम्मेदवारी घोषणा गरेका छन्।
त्यसैगरी महासचिव पदमा विमल सुवेदी, धर्मराज जोशी र भिमराज चेम्जोङले उमेद्वारी घोषणा गरिसकेका छन्। सचिव पदमा सन्तोष कुमार राई, किशोर कोईराला, रोसन भट्टराई , टंक गौतमले, सालिक न्यौपाने र अभिषेक सापकोटाले उम्मेदवारी घोषणा गरेका छन्।
त्यस्तै कोषाध्यक्ष पदको लागी राजेन्द्र दुलाल र चन्द्र रानाको उम्मेदवारी घोषणा गरेका छन् । त्यस्तै युवा संयोजकमा भेषराज दाहालले उम्मेदवारी घोषणा गरेका छन्

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय