सौल दक्षिण कोरिया,
नेपाली विद्यार्थी समाज कोरिया(सोनसिक)ले आफ्नो आगामी वार्षिक साधारण सभा यहि अगस्ट २४ र २५ तारिख कोरियाको थेजन सहर स्थित हान्नाम विश्वविद्यालयमा गर्ने भएको छ l सन् २००४ मा स्थापना भएको सोनसिकको आगामी १६ औ साधारण सभामा कोरियामा अध्यनरत विभिन्न विश्वबिद्यालयबाट उल्लेख्य रुपमा नेपाली विद्यार्थी तथा अनुसन्धानकर्मी हरुको उपस्थिति रहने छ l
साधारणसभामा गत एक बर्षमा सोनसिकका गतिविधिहरुको समिक्षाको साथमा विभिन्न सांस्कृतिक प्रस्तुति, सोनसिक स्मारिका विमोचन लगायत का कार्यक्रम हरु रहने छन् l साथै आउदो एक वर्षलाई नयाँ कार्यसमितिको पनि निर्वाचन गर्नेछ l
अगस्ट २४ तारिखमा हुने उद्धाटन सत्रमा कोरियामा रहेका विभिन्न समुदायको साथमा सोनसिक संग सहकार्य गर्ने कोरियन सस्थां तथा विदेशी विद्यार्थी संगठनका प्रतिनिधिको पनि उपस्थिति रहने कुरा सोनसिक सभापति तुलसी पौडेल बताउनु हुन्छ l दुई दिने कार्यक्रमको दोस्रो दिन कोरियाको प्रसिद्द समुद्र किनार थेचनमा बिभिन्न रचनात्मक गतिविधि सहित सम्पन्न हुनेछ l
१६औ वार्षिक साधारण सभामा उपस्तिथी भै सफल पार्न सोनसिक परिवार हार्दिक अनुरोध गर्दछ ल
तलको लिंकमा क्लिक गरि फारम भरेर साधारण सभामा सहभागी हुन सकिन्छ l
रजिस्ट्रेशन लिंक :