सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

इन्डाेनेसियामा चर्कियाे आदिवासी आन्दाेलनः संसद भवनसमेत जलाइयाे

काठमाडाैं- इन्डोनेसियाको पश्चिमी क्षेत्र पपुवाकाे आन्दोलन हिंस्रक बन्न थालेको छ ।

आदिवासी पपुवान विद्यार्थीहरुमाथि प्रहरीले दमन गरेको भन्दै आक्रोशित बनेका प्रदर्शनकारीले सार्वजनिक भौतिक पूर्वाधारमा आगो लगाउनुका साथै सडक समेत भत्काइदिएका छन् ।

पश्चिम पपुवा प्रान्तको राजधानी मनोक्वारीस्थित प्रदर्शनकारीले सरकारी भवन नै जलाएको समाचार अलजजिराले जनाएको छ । पश्चिम पपुवा प्रान्तका पूर्व गभर्नर डोमिंगस मन्दाकान बस्ने भवनसमेत प्रदर्शनकारीले जलाएका छन्

घटनामा घाइते कति भए र समग्र क्षति कति भयो भन्नेबारे यकिन भइनसकेको प्रहरीको भनाइ छ ।

प्रहरीले घटनाकाे बारेमा छानबिन गरिरहेकाे जनाएकाे छ । प्रदर्शनलाई  अधिकारीले ‘हिंस्रक’ भनेका छन् । आदिवासी विद्यार्थीलाई राष्ट्रिय झण्डा जलाएको आरोपमा प्रहरीले पक्राउ गरेपछि उनीहरुलाई रिहाइको माग गर्दै आन्दोलन चर्किएको हो ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय