सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

सोनसिकको १६औं कार्यसमितीको सभापतिमा प्रकाश देवकोटा, सम्पूर्ण कार्यसमिति सर्बसहमतरुपमा चयन

दक्षिण कोरिया – कोरियामा अध्ययरत नेपाली विद्यार्थीहरुको साझा संगठन, नेपाली विद्यार्थी समाज दक्षिण कोरिया सोनसिक को १६ औॅ साधारण सभा १५ औॅ कार्यसमितिका सभापति तुलसी पौडेलको अध्यक्षता मा सम्पन्न भएको छ । प्रमुख अतिथिको रुपमा नेपाली राजदूतावास सउलका कार्यवाहक राजदूत तथा उपनियोग प्रमुख श्री राम सिंह थापा रहनुभएको थियो । त्यस्तै अन्य अतिथिहरुमा NRNA कोरियाको सचिव श्री केशव थापा, NIIED का शिक्षा पर्यवेक्षक जाङ्ग वन च्यांग, देजन अन्तर्राष्ट्रिय केन्द्रका प्रबन्धक चु ग्यवन, हान्नम विश्वविद्यालयका डिन जंग वन किम, HANNESA सदस्य  प्रा. कि सुन बे, सोनसिक १५ औं कार्यसमितिका सल्लाहकारहरु, पूर्व सभापतिहरु , पूर्व पदाधिकारी तथा कोरियामा विभिन्न क्षेत्रमा कार्यरत नेपाली समुदायका व्यक्तित्वहरुको उपस्थित रहेको थियो।

सभाबाट सभापतिमा श्री प्रकाश देवकोटा निर्बिरोध निर्वाचित हुनुभएको छ । हाल वहाँ वङ्गकंग विश्वविद्यालयमा विद्यावारिधि गर्दै हुनुहुन्छ । अगस्ट २४ र २५ मा हान्नाम विश्वविधालय, देजनमा भएको साधारण सभाले सर्वसम्मतमा १३ जनाको १६ औॅ कार्य समिति निर्बिरोध निर्वाचित गरेको हो । कार्यसमितिको उपाध्यक्षमा क्षेत्र नं १ बाट सिरी सत्याल, क्षेत्र नं २ बाट प्रदीप सुवेदी , क्षेत्र नं ३ बाट युवराज डाँगी र क्षेत्र नं ४ बाट छबि लाल चौधरी चयन हुनुभएको छ । त्यस्तै सचिवमा विशाल भण्डारी, सह–सचिवमा श्रीदेवी ज्ञवाली, कोषाध्यक्षमा राजाराम श्रेष्ठ र सदस्यहरुमा आनन्द बराल, ओम राज सापकोटा, चारु विष्ट, एलिशा भण्डारी र गोपाल लामिछाने चयन हुनुभएको छ ।

कार्यक्रममा सोनसिकका पूर्व सभापतिहरु , पदाधिकारी तथा कोरियामा विभिन्न क्षेत्रमा कार्यरत नेपाली समुदायका व्यक्तित्वहरुको सहभागिताले कार्यक्रमको शोभा बढाउनका साथै अब आउने पुस्ताले कसरी अगाडी बढ्नु पर्छ भन्ने कुराको बहस समेत भएको थियो । कोरियामा रहनुभएका नेपाली प्राध्यापक, विद्यार्थी, अन्वेषणकहरुको लेख रचना    रहेको सोनसिकको ७ औं स्मारिका बिमोचन गर्नुका साथै सोनसिकलाई विभिन्न समयमा आर्थिक/प्राविधिक सहयोग गर्ने सहयोगी महानुभावहरु, सोनसिकका सल्लाहकारहरुलाई , एवं कोरियाका विभिन्न विश्वविद्यालयबाट स्नाकोत्तर तथा विद्यावारिधिमा दीक्षित हुनेहरुलाई सम्मान प्रमाण पत्र वितरण गरिएको थियो । 

सहभागीहरुलाई देजनको कार्यक्रम पश्चात बोर्यङ्ग समुन्द्री तटमा शुभकामना आदानप्रदान सहित नाचगान कार्यक्रममा सरिक गराई आइतबार दिउँसो कार्यक्रमको समापन गरिएको थियो  ।

 

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय