मिन बि क ,सौल दक्षिण कोरिया ,
आत्महत्या गर्ने १० मध्ये नौ जना भन्दा बढीले मृत्यु हुनु अघि चेतावनीयुक्त संकेत दिए तर धेरै जसोलाई यो जानकारी भएन । कोरियाक स्वास्थ्य तथा कल्याण मन्त्रालयले एक मनोवैज्ञानिक पोस्टमार्टम को एक रिपोर्ट सार्वजनिक गर्यो ,जसमा सन् २०१८ मा आत्महत्या गरेका १०३ जनाका १२१ जना आफन्तहरुलाई समावेश गराएको थियो ।
मनोवैज्ञानिक पोस्टमार्टम भन्नाले आत्महत्या गर्नबाट बचेका व्यक्तिहरुको बयान र आत्महत्या गरिसकेका व्यक्तिहरुको मनोबैज्ञानिक बान्की र परिवर्तनहरूको पहिचान गर्न र आत्महत्याका खास कारणहरू प्रमाणित गर्न अभिलेखहरूको व्यवस्थित अनुसन्धान हो।
मनोवैज्ञानिक पोस्टमार्टमका अनुशार कोरियामा आत्महत्या गर्ने मध्ये ९२.३ % ले आत्महत्या गर्नुभन्दा पहिले संकेत दिए तर नजिकका व्यक्तिहरु अनविज्ञ भए ।
मनोवैज्ञानिक पोस्टमार्टमकाे परिणामका अनुसार, आत्महत्याको गर्नुमा औसत ९९% तनावमा हुनु देखाएको छ । (पेशागत तनाव, आर्थिक समस्या, शारीरिक स्वास्थ्य समस्या, मानसिक स्वास्थ्य समस्या, परिवार समस्याहरू, आदि) आत्महत्या प्रक्रियामा अनुक्रमिक वा बहु प्रभावहरू थिए।
विशेष रूपमा, आत्महत्या गर्ने 84% व्यक्तिहरुमा मानसिक स्वास्थ्य समस्या भएको पाईएको थियो भने 68% व्यक्तिहरुमा आत्महत्या गर्नुको मुख्य कारण रोजगारी सम्बन्धी तनाव र 54.4% व्यक्तिहरुमा आर्थिक र पारिवारिक समस्याबाट ग्रस्त रहेको स्पष्ट भएको थियो ।
२०१५ देखि २०१८ सम्म आत्महत्या गर्ने ३९१ जनाल मध्ये ३६१ जना अर्थात ९२.३ % ले आत्महत्या गर्ने चेतावनीपूर्ण संकेत छोडेको मनोवैज्ञानिक पोस्टमार्टमले जनाएको छ तर पनि ७७ % ले छोडेको त्यो संकेतलाई बुझ्न नसकिने गरेर छोडेको जनईको छ ।
उक्त रिपोर्टमा भनिएको छ कि आत्महत्याको चेतावनीका संकेतहरू भन्नाले एक आत्महत्या गर्ने सोच बनाउदै गरेको संकेत हो। खान, निद्रा, भावनात्मक स्थिति परिवर्तन, जस्तै असहायता वा लोकप्रियताको बेवास्ता,आत्महत्या, हत्या, र मृत्यु जस्ता कार्यहरूको बारम्बार रुपमा केलाउनु वा वरिपरिको व्यवस्था मिलाउनु रहेका छन् । आत्महत्या गर्नेहरुको चेतावनी संकेतमा मृत्य हुनु भन्दा तिन महिनाको समयमा उच्च संकेत देखाएको बुझिन्छ।
स्वास्थ्य मन्त्रालयको आत्महत्या रोकथाम नीति डिभिजनका निर्देशक छाङ्ग योङ्ग जिनले भने, “विशेष गरी, ‘परिवेश सफा गर्ने’ जस्ता चेतावनीमूलक संकेतहरू मृत्यु हुनुभन्दा एक हप्ता पहिले नै उच्च हुन्छन, त्यसैले यी चेतावनी संकेतहरू अवलोकन गर्न अझ सावधान र सक्रिय कार्यहरू आवश्यक पर्दछ।
कोरियामा आत्महत्या गर्ने मध्ये ९२.३ % ले आत्महत्या गर्नुभन्दा पहिले संकेत दिए तर नजिकका व्यक्तिहरु अनविज्ञ भए ।
Comments