सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

कोरियामा उच्च आँधिबेरी ( टाइफुन) को सम्भावना ,सजक रहन सुझाब

किसन गौतम,

कोरियामा यो हप्ता आँधीबेरीका साथमा उच्च बर्षा हुने  अनुमान संगै  सतर्कता जारि गरिएको छ l

राष्ट्रिय मौसम विभागका अनुसार कोरियन प्रायद्विपमा लिंङ्लिंङ् नामक आँधीले थप  गति लिन थालेको छ l ताइवान बाट शुरु भएको उक्त आंधी ९ किलोमिटर प्रति घन्टाको बेगमा उत्तर पश्चिम दिशातर्फ बगिरहेको बताइएको छ l

उक्त आंधी कोरियन प्रायद्विपमा ३७ मिटर प्रतिसेकेन्डका दरले आउन सक्ने कोरिया मौसम बिभाग (केएमए) ले अनुमान गरेको छ l जसले जेजु क्षेत्रमा आगामी शुक्रबार बिहान ९ बजे सम्म केहि असर देखाउन सक्ने छ भने उत्तरी प्रान्त गुन्सानमा सनिवार बिहान क्षति गर्न सक्ने अनुमान छ l उक्त आंधीले  सोहि दीन ३ बजे उत्तर कोरिया तर्फको बाटो तय गर्ने छ l
आंधी लिंङ्लिंङ्ले  यो हप्ताभरि  उच्च बर्षा समेत गराउने अनुमान गरिएको छ  l राजधानी सियोल क्षेत्रमा मात्र ३ सय मिलिलिटर बर्षा हुन् सक्ने बताइएको छ l  त्यस्तै जेजु तथा येउसु क्षेत्रमा मंगलवार उच्च बर्षा हुने अनुमान संगै सतर्कता समेत जारि गरिएको बताइएको छ l जेजु क्षेत्रमा आगामी शुक्रवार र सनिवार ५० मिलिलिटर प्रति घन्टाको दरले बर्षा हुने  अनुमान छ l

उच्च बर्षा संगै डुवानको पनि खतरा रहेकोले सम्भावित क्षेत्रमा  पुर्व साबधानी अपनाउन कोरिया मेट्रोलोजीकल एड्मिनिस्टे्रसन ( केएमए) ले सुझाब समेत दिएको छ l
कोरिया टाइम्स

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय