सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

समाजवादी पार्टीले संविधान दिवस नमनाउने

समाजवादी पार्टी नेपालले संविधान दिवस नमनाउने भएकाे छ । पार्टीले संविधानकाे दिवसमा खुशीयाली र विरोध दुवै नगर्ने भएको हाे । त्यस दिन ‘संविधान संशोधनको अपरिहार्यता र आवश्यकता’ विषयमा सबै प्रदेशका राजधानीमा अन्तरक्रिया गर्ने पार्टीको कार्यकारिणी समितिले निर्णय गरेको हो ।

‘२०७२ सालको विद्यमान संविधान त्रुटीपूर्ण एवम् अपूर्ण रहेकाले संविधान जारी भएको दिन खुशीयालीको रुपमा दिपावली वा विरोधको रुपमा कालो दिवस दुवै नमनाउने र त्यस्ता कार्यक्रमहरुमा सहभागी नहुने,’ पार्टीका प्रचार विभाग प्रमुख प्रशान्त सिंहले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय