सौल दक्षिण कोरिया
अबैधानिक रुपमा कोरिया बसेका थाईल्याण्डका ४० बर्षीय एक कामदारको यंगसान नदीको पुलनजिकै मृत भेटिएको छ ।बिहान ९ बजेको समयमा माछा मार्न भनेर ३ जना सहकर्मीको साथमा पुगेका थिए । उनि नदीको किनारामा पुगेको ३० मिनेटपछि गायव भएका थिए । नाजु पुलिस स्टेशनका अनुसार १० बजेर २७ मिनेटको समयमा प्रहरीमा साथि खोज्नको लागी अपिल गरेका थिए ।
उनका साथीहरुका अनुसार २ जनाले पुलबाट बल्छी थापिरहेको तर उ एक्लै पुल मुनि बल्छी थाप्न गएको तर केहि समय पछि बोलाउदा नबोलेपछि प्रहरीलाई खबर गरेको जनाएका छन् । कोरियन भाषा राम्रोसंग बोल्न नजान्ने उनीहरुले प्रहरीलाई खबर गर्दा समेत के भएको भनेर पूर्ण जानकारी नभएको तर फोनको लोकेशन हेरेर उक्त ठाउँमा पुगेको उक्त उद्दार कार्यमा संलग्न प्रहरीले जनाएको छन् ।
प्रहरीमा अपिल प्राप्त भए लगत्तै प्रहरी घटनास्थलमा पुगेर खोजि कार्यलाई तीव्रता दिएको थियो । प्रहरीले दिउँसो ३ बजेर २७ मिनेट जादा पुलमुनिबाट मृतको शव भेट्टाएको थियो ।
उनि २०१४ मा ६ महिने पर्यटक भिषामा कोरिया प्रवेश गरेर कोरियानै अबैधानिक रुपमा बसिरहेका थिए ।
प्रहरीको थप अनुसन्धानका लागी उनीसंगै गएका २ जना साथीहरुलाई नियन्त्रणमा लिएको छ ।स्रोत न्युज १