सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

कोरियाबाट जुनु गुरुङको आइसिसी महिला संयोजकमा उम्मेदवारी

 

सौल दक्षिण कोरिया ,

गैर आवासीय नेपाली संघ (एनआरएनए ) एसिया प्याशिफिक महिला फोरम संयोजक जुनु गुरुङले आइसिसी महिला फोरम संयोजकमा उम्मेदवारी घोषणा गरीकी छन् । आगामी अक्टोवर १५ देखि १७ सम्म काठमाडौंमा हुन लागिरहेको एनआरएनएनएको नवौ विश्व सम्मेलनमा जुनु गुरुङले आइसिसी महिला फोरम संयोजकमा उम्मेदवारी घोषणा गरेकी हुन् ।

गुरुङ हाल एसिया प्याशिफिक महिला फोरम संयोजक रहेकी छन् भने कोरियामा रहेर समाजसेवामा सकृय रहेकी छन् । सबैको मन मनमा बस्न सफल जुनु गुरुङ,राम्रो समाजसेवा गरे बापात दक्षिण कोरियन सरकारले मानार्थ सिटिजन सिपको उच्च सम्मानले पुरस्कृत हुने पहिलो नेपाली महिला पनि हुन ।

महिलाहरूको साझ संस्थाकोको संस्थापक अध्यक्षमा पनि सफल कार्यकाल निभाई सकेकी छन् जुनु गुरुङ्गले । जुनुले एनआरएनए एनसिसी गठन भएका सबै देशमा महिला फोरम गठन गर्दै महिलाहरुका आवाजहरुलाई सशक्त रुपमा उठाउनका लागि, आर्थिक तथा ब्याबसायिक बलियो बनाउनको लागी महिला फोरममा उम्मेदवारी दिएको सिलिचुंग टिभिलाई बताएकी छन् । एनआरएनमा सवै वर्गको प्रतिनिधित्व हुनुपर्नेमा जोड दिर्दै जुनुले विश्वभरिका अग्रज महिला दिदी बहिनी तथा अग्रज एनआरएन अभियन्ताको सल्लाह र सुझाव अनुसार आइसिसी महिला फोरममा जाने निर्णय गरेको समेत बताएकी हुन् ।

एसियामा धेरै देशमा महिला फोरम गठनमा सफल भएको बताउँदै एसियामा महिला फोरम अभियानलाई सफल बनाए सँगै अब विश्वभरी महिलाहरुको सञ्जाललाई विस्तार गर्नु आफनो मुख्य एजेन्डा हुने पनि बताएकी छन् । एनआरएएन भनेको सबैको साझा संस्था भएको बताउँदै संस्थालाई गतिशिल र सबैको अपनत्व हुने गरि अगाडि बढाउन सबै क्षेत्रको प्रतिनिधित्व समेत सुनिश्चित गर्नुपर्नेमा पनि जुनुले जोड दिएकी छन् । महिला दिदीबहिनीहरुको सबैको अवस्था एकै नभएको भन्दै, मध्य पूर्वमा रहेका महिलाहरुको आवाजलाई पहिलो प्राथमिकता दिए अगाडि बढ्ने बताईन् ।

साथै, जुनु गुरुङले एसिया प्याशिफिकमा हरेक देशमा महिला फोरम शसक्त र सक्रिय बन्न सफल भएकोमा खुसी ब्यक्त गर्दै त्यसको लागि सबैमा आभार समेत प्रकट

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय