सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

चिनियाँ राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमण पक्का

काठमाडौं । लामो समयदेखि चर्चामा रहेको चिनियाँ राष्ट्रपति सि जिनपिङ नेपाल भ्रमण लगभग पक्का भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा चिनियाँ राष्ट्रपति सि नेपाल आउने तय भएको हो । लामो समयदेखि प्रयासपछि सिको नेपाल भ्रमण बल्ल तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राष्ट्रपति सी त्यसअघि भारतको भ्रमणमा निस्किने र भारत भ्रमण सकेर बेइजिङ फर्किनुअघि असोज २८ गते ९ घण्टाका लागि काठमाडौं आउने बताइएको छ । २३ वर्षपछि हुन लागेको चीनका राष्ट्रपतिको नेपाल भ्रमणको तयारीको क्रममा बेइजिङको एउटा सुरक्षा टोली केही दिनअघि काठमाडौंबाट फर्केको थियो ।

उच्च भ्रमणको क्रममा दुई पक्षीय एजेण्डा र सुरक्षा तयारीका लागि चीनका परराष्ट्रमन्त्री र जन सुरक्षा मन्त्री भदौ २९ गते नेपाल भ्रमणमा आउने तय भएको छ भने गृहमन्त्री रामबहादुर थापा पनि चीन जाने कार्यक्रम छ । तीन महिना अघि चीन भ्रमणको क्रममा बेइजिङमा राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणा स्वीकार गर्दै राष्ट्रपति सीले नेपाल आउन उत्सुक रहेको जनाएका थिए।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय