सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

मौषमी विदेशी कामदार अबदेखी कोरियामा लगातार ५ महिनासम्म बस्न पाउने !

गुरुदत्त न्यौपाने / सउल
मौषमी बिदेशी कामदारको कोरिया बसोबास अबधी ३ महिनाबाट बढाएर ५ महिनासम्म पुर्याउने प्रस्ताव कोरियाको न्याय मन्त्रालयले पेश गरेको छ।

मन्त्रालयले मौषमी बिदेशी कामदारको लागी नयाँ भिषाको प्रकार E-8 मार्फत कोरिया बसाई अबधी ५ महिना सम्म बनाउन पुरानो अध्यागमन निती संसोधन गर्ने तयारीमा रहेको जनाएको छ।उक्त नयाँ नियम नोभेम्बरको मन्त्रीपरिषदको बैठकबाट पारित गरेर लागु गर्ने तयारीमा रहेको जनाएको छ।

वर्तमान अध्यागमन निती अनुसार मौषमी कामदार C-4 भिषा मार्फत कोरिया भित्रिएका हुन।यो भिषा मार्फत बिदेशी मौषमी कामदार कोरियाका बिभिन्न ग्रामिण भेगमा रहेका कृषी फार्ममा ब्यस्त समयमा मात्र ९० दिनको लागी कोरिया आउने निती रहेको छ।
कृषी फार्म सन्चालक हरुले यो प्रकृया बाट बिदेशी कामदार ९० दिनको लागी मात्र ल्याउदा आफुहरुलाई पर्याप्त नभएको भन्दै आवाज उठाएपछी न्याय मन्त्रालयले नयाँ भिषा निती E-8 मार्फत कामदारको परिपुर्ती गर्ने प्रस्ताव अगाडी सारेको हो।

सरकारी तथ्याङ्कले देखाए अनुसार कोरियालाई बार्षिकञधa २० हजार मौषमी कामदारको अभाव रहेको छ।अघिल्लो बर्ष २२ हजार बिदेशी मौषमी कामदार आवश्यक भएतापनि जम्मा २८२४ जना मात्र भित्रिएका थिय।

कोरियामा कृषी फार्ममा काम गर्ने मान्छे अधिकाँश बृद्द हुनु,नयाँ यूवापिँढी ले कृषी काम नगर्नुले बिदेशी मौषमी कामदार को माग बर्सेनी बढदै आईरहको छ। कृषी क्षेत्रमा कोरियामा कामदार अभाव बढेसंगै कोरिया सरकारले मौषमी कामदार भित्राऊने निती ल्याएको हो।

C-4 भिषा मार्फत ९० दिनसम्म कोरिया रहेतापनी कामदारले फार्ममा बिताउने बास्तबिक दिन ९० दिन नभएको कारण रोजगारदातालाई उक्त अबधि पर्याप्त नभएको हो।९० दिनभित्र कोरिया भित्रिएपछी तालिम लिनुपर्ने,नयाँ वातावरणमा घुलमिल हुन समय लाग्नु तथा अन्तिम तिर घर फर्कने पुर्व तयारी गर्नुपर्ने भएकोले ९० दिन रोजगारदातालाई पर्याप्त नभएको कारण नयाँ भिषानिती परिवर्तन गर्न लागिएको न्याय मन्त्रालयले जनाएको छ।

इपिएसनेपालकोरिया डटकमबाट
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय