सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

कोरियामा यो बर्षकै सबैभन्दा शक्तिशाली आँधी (टाइफुन) आउदै , उच्च सतर्कता अपनाउन सुझाब

किशन गौतम

दक्षिण कोरियामा प्रशान्त महासागर आएको टाइफुन ह्यागीबिजले ठुलो क्षति पुर्याउन सक्ने अनुमान गरिएको छ l

प्रशान्त महासागरको पश्चिमी क्षेत्रबाट उत्तर पुर्बी क्षेत्रमा बगिहरेको उक्त टाइफुनले आउदो शनिवार र आइतबार जापानको पूर्वी तट लगाएत कोरियालाई पनि ठुलो क्षति पुर्याउन सक्ने कोरिया मेट्रोलोजीकल एड्मिनिस्टे्रसन (केएमए) ले बिहिबार बताएको छ l ह्यागीबिजले जापानमा चलिरहेको रगबे वर्ल्डकपलाई समेत असर पार्ने बताइएको छ l

५५ मिटर प्रति सेकेन्ड अर्थात्  १९८ किलोमिटर प्रतिघण्टाको दरले आउने टाइफुन ह्यागीबिजले उच्च बर्षा समेत गराउने छ lह्यागीबिज यो बर्षकै सबैभन्दा विनाशकारी हुन सक्ने अनुमान गरिएको छ l

उच्च बर्षा सहित आउने हावाहुरीका कारण यो हप्ताको अन्त्यतिर कोरियाको दक्षिणी तथा पूर्वी भेगमा   क्षति पुर्याउन सक्ने हुदा उच्च सतर्कता अपनाउन केमएले सुझाब दिएको l

स्मरण रहोस ,कोरियामा गत हप्ता आएको विनाशकारी  टाइफुन मिट्यांङका कारण १३ जनाले ज्यान गुमाएका थिए भने हजारौ भौतिक संरचनाहरु ध्वस्त भएका थिए lहेल्लो नेपाल कोरिया डट कमको सहयोगमा

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय