सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

पाकिस्तानमा यात्रुवाहक रेलमा आगलागी, कम्तीमा ७३ जनाको मृत्यु

पाकिस्तानको कराची सहरबाट लाहोरतर्फ गइरहेको यात्रुवाहक रेलमा आगलागी हुँदा कम्तीमा ७३ जनाको ज्यान गएको बताइएको छ।

पाकिस्तान रेलवेको तेजगाम एक्स्प्रेसमा लियाकतपुर भन्ने ठाउँमा पुग्दा तीनवटा डिब्बामा आगलागी भएको थियो।

स्थानीय अधिकारीका अनुसार कम्तीमा ७३ व्यक्तिको मृत्यु भएको पुष्टि भएको छ भने अरू ४० जना घाइते भएका छन्।

रेलमन्त्री शेख रशिद अहमदका अनुसार यात्रीहरूको साथमा खाना पकाउने सामान, सिलिन्डर तथा स्टोभ थिए।

रेलमा सिलिन्डर विस्फोट भएर आगलागी भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

ती सञ्चारमाध्यममा उद्धृत गरिएका अधिकारीहरूका अनुसार जलिरहेको रेलबाट हाम फाल्न खोज्दा कतिपय मानिसको मृत्यु भएको थियो।

“दुईवटा स्टोभ पड्किए। उनीहरू खाना पकाउँदै थिए। उनीहरूको साथमा तेल पनि थियो जसले आगो झन् फैलन पुग्यो,” रेलमन्त्रीले भने।

हताहत हुनेमध्ये एउटा धार्मिक कार्यक्रममा सहभागी हुन जान लागेको एउटा समूहका मानिसहरू भएको उनले बताए।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय