सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

काेरियाकाे कामलाई ड्युटिकाे रुपमा नलिई पेड ट्रेनिङ्गकाे रुपमा लिगौँ ।

गुरुदत्त न्यौपाने
दक्षिण काेरिया नेपालकाे पछिल्लाे समय सन्दर्भलाई अांकलन गर्ने हाे भने दिमाग भएका टाठा,बलिया र बाठा बैदेशिक राेजगारीमा बिभिन्न देशहरुमा रहेकाे देखिन्छ।नेपाली समाजकाे ट्रेन्ड नै याे बस्याे कि बिदेश जानुपर्छ,पैसा कमाउनुपर्छ,नेपाल बसेर केही हुनेवाला छैन।नेपाली समाजले नै यस्ताे सिकाएकाे छ कि जति पढेपनि अाखिर काेरिया लगायत खाडी मुलुकमा नगई हुदैन ।

यस्तै मानसिकता बाेकेका युवाहरु नेपालका चाेक,गल्लि र पार्क र कलेजमा बग्रेल्ति भेटिन्छन।हरेक दिन कलेजका क्यान्टिन मा युवाहरुकाे झुन्ड यस्तैयस्तै कुरा गर्दै अट्टहास हाँसाे संगै प्रत्येक पिरियड उज्वल भबिस्य निर्माणकाे कल्पना गर्दै प्राेफेसरकाे लेक्चर मनलागी नलागी सुनिदियका हुन्छन। दक्षिण काेरिया पछिल्लाे समय नेपाली शिक्षित यूवाहरुकाे लागी नै सपनाकाे शहर,लाखाैं पारिश्रमिक पाउने देश काे रुपमा चर्चित छ।धेरैजसाे नेपाली यूवाहरुकाे मुखमै झुन्डिने नाम बनेकाे छ दक्षिण काेरिया।

काठमान्डाै,पाेखरा,बुटवल लगायत देशका प्रमुख शहरहरुका चिया पसल देखि चाेक-चाेकमा,गाउघरका भारी बिसाउने चाैतारी देखी पानी पधेराेमा,टुडिखेलकाे खुल्लामन्च देखी बागबजारका गल्लीहरुमा हरेक ठाउँहरुमा काेरियाकै बारेमा चर्चा परिचर्चा हुने गरेकाे छ।देशैभरिका ठाउँहरुमा काेरियन भासा पढाउने काेरियन भासा प्रशिक्षण केन्द्रहरुका हाेर्डिङ्ग बाेर्डहरु छ्याप्छ्यापती देख्न पाईन्छ।काेरियन भासा परिक्षा ग्यारेन्टि पास नत्र पैसा फिर्ता,तपाइकाे काेरिया जाने सपना पुरागर्छाै भन्नेजस्ता पाेस्टर,पम्प्लेटहरुले शहरहरुनै रंगिचङ्गी बनाईराखेका छन।काठमान्डाैमा घरैपिच्छे खुलेका काेरियन ईन्स्टिच्युट देख्दा लाग्छ कि,काेरिया क्रेज नेपालमा कति छ भनेर।

जहां गयाे त्यही काेरियाकै बारेमा गफ सुन्न पाईन्छ।जस्ताे कि,’म संगै पढेकाे साथी काेरिया गएर लाख लाख कमायर नेपाल पठाउछ अाफुभने यहां यसै हल्लियकाे छु’,मेराे भाई,भतिज काेरिया छ,मेराे छाेरा काेरिया छ,मेराे बुढा काेरिया छ………महिनामा यतिलाख उतिलाख पठाउँछ फलानाकाे छाेरा,फलानाे काे बुढाले ……,यसकाे छाेरा ले याे शहरमा घर किन्याे,यसकाे भाईले याे ठाउँमा यतिअाेटा घडेरि किन्याे……यस्तैयस्तै कुराले समाजमा झ्याली पिटेकाे हुन्छ।यि र यस्तै-यस्तै कुराहरुले नेपालमा केही गर्छु,म बिदेश जाँदिन भन्ने मानसिकता बाेकेकाे यूवाकाे मानसिकतामा प्रत्यक्षपराेक्ष नकारात्मक असर गरेकाे हुन्छ।अाफुसंगै पढेकाे अाफ्नै क्लासमेट साथीकाे २/४ बर्समै भयकाे अार्थिक कायापलट,बिगतकाे भन्दा फरक जिबनशैली र खानपान मा भएकाे ब्यापक परिवर्तन प्रत्यक्ष तथा सामाजिक सन्जाल मार्फत नियाल्दैगर्दा अाफ्नाे सम्पत्तिकाे नाममा भएकाे डिग्रिकाे खाेस्टाे सर्टिफिकेट उसलाई फगत एउटा अर्थहिन कागज लाग्नु स्वभाबिक नै हाे।

क्लियर ब्यागमा लियर हिडेकाे सर्टिफिकेट र सि.भि सयाैं अफिसहरुमा पेश गर्दापनि एउटा सानाेतिनेा जागीरसमेत नमिलेपछि त्यहि प्राज्ञिक यूवा अाफ्नाे डिग्रिकाे सर्टिफिकेट सन्दुककाे कुनामा पाेकाेपारी बागबजार तथा पुतलिसडकका काेरियन भासा प्रशिक्षण केन्द्रमा भासा तयारी गर्न बाध्य हुन्छ। नेपालमा केही गर्छु भन्ने यूवालाई अाजकल नेपाली समाजमा प्राेत्साहन काे साट्टाे हताेत्साहित गर्ने ट्रेन्डनै चलेकाे छ।समाजबाट बिदेश गएका अझै बिशेशगरि काेरिया अाएका यूवाहरुकाे उदाहरण दिएर अाफ्नै घर परिवार तथा समाजका केही प्रतिस्ठित ब्याक्तिहरुले नै उसकाे खिल्लि उडाईराखेका हुन्छन।फलस्वरुप उसलाई अाफुले नेपालमा गरेकाे अाफ्नाे क्षेत्रतिर बितृस्णा जाग्न थाल्छ।यि र यस्तै कारणकाे परिणाम स्वरुप अाज हजाराैं नेपाली शिक्षित यूवाहरु अाफ्नाे प्राज्ञिक सर्टिफिकेट बाकसकाे कुनामा भाेटेताल्चा मारेर अनुहारमा जुगाकाे रेखी बस्न नपाउदै पररास्ट्र मन्त्रालयले दिने हरियाे सर्टिफिकेट(पासपाेर्ट) हातमा बाेकेर ईपिएस तथा मेनपावर कम्पनि धाउन बाध्य छन।

दक्षिण काेरियाकै तथ्याङ्कलाई हेर्ने हाे भनेपनि करिब पचास हजारकाे हाराहारीमा नेपाली शिक्षित यूवाहरु ईपिएस मार्फत अदक्ष कामदारकाे रुपमा कार्यरत छन।याे पचासाैं हजार यूवाकेा जमात नेपालमा कम्तिमा पनि ११/१२ तथा स्नातक उतिर्ण छन।स्नातकाेत्तर उतिर्णकाे सङ्ख्या नि उल्लेख्य छ।नेपालमा हुंदा बिभिन्न क्षेत्रमा लागेर पाेख्त भएका ब्याक्तिहरु पनि उक्त क्षेत्र काे सिमित सम्भावना र अनिश्चित भबिस्यका कारण चटक्कै छाेडेर काेरिया अाएका छन। बैदेशिक राेजगारी र रेमिट्यान्समा भरपर्नुपर्ने हाम्राे देशकाे अबश्था,शिक्षित र दक्ष जनशक्ति तथा भबिस्यका कर्णधार यूवाहरु बिदेशिनुपर्ने बाध्यात्मक परिस्थिति अाफैमा दुर्भाग्यपुर्ण छ तर बैदेशिक राेजगारीलाई सकारात्मक पक्षबाट सकारात्मक बिस्लेसण गर्न सक्ने हाे भने याे एउटा हाम्राेजस्ताे देशकाे लागी अबशर पनि हाे।

दिर्घकालीन रुपमा बैदेशिक राेजगारीमा भरपर्नु भन्दा निस्चित समयसम्म यसलाई बिदेशि मुद्रा भित्राउने हतियारकाे रुपमा लिन सक्नुपर्छ।काेरियालाई बास्तबिक जिबनकाे प्रयाेगशालाकाे रुपमा मनन गरेर याे ठाउँबाट अाफ्नेा बसाई अबधिभर अाफुले सिकेकाे ज्ञान,सिप,अनुशाशन,कामप्रतिकाे जिम्मेवारी,शिस्टता,सत्कार र सम्मान लाई नेपाल फर्केपछि पनि प्रतिस्थापन गर्नेसक्ने जाेश,जाँगर र साेच काे बिकास गर्नुपर्ने अहिलेकाे अावश्यकता रहेकाे छ।काेरियाकाे कामलाई ड्युटिकाे रुपमा नलिई पेड ट्रेनिङ्गकाे रुपमा लिई काेरियामा सिकेकाे प्रयाेगात्मक शिप र नेपालमा सिकेकाे शैक्षिक ज्ञानलाई नेपाल फिरेपछि एक अापशमा फ्युजन गराउन सकियाे भने काेरियाकाे बसाई सार्थक र नेपालकाे भबिस्य सुनिश्चित बनाउन सक्नेकुरामा कुनै दुईमत छैन। र अन्न्त्यमा नेपाल जतिसुकै अध्याराे भएपनि भाबी सन्ततिकाे उज्यालाे भबिस्यकाे खाेजी,सार्थक जिबन र जिबन्तताकाे क्रम हामीले हाम्रै देशमा खाेज्नुपर्छ र भेट्टाउनैपर्छ भन्ने मानसिकताकाे बिकास हुन जरुरी छ ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय