सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

ज्ञानेन्द्र मल्ललाई कप्तानको जिम्मेवारी

काठमाडौं– राष्ट्रिय क्रिकेट टिमको कप्तानको जिम्मेवारी ज्ञानेन्द्र मल्लले पाएका छन्।

यस अघि उपकप्तानको जिम्मेवारी सम्मालेका मल्ललाई नेपाल क्रिकेट संघ (क्यान)ले कप्तानको जिम्मेवारी दिएको हो।

पारस खड्काले कप्तानबाट राजीनामा दिएपछि नेपाली टिम कप्तान विहीन बनेको थियो।  यसअघि ज्ञानेन्द्रले पारसको अनुपस्थितिमा पनि कप्तानी सम्हाल्दै आएका थिए।

यता उपकप्तानको जिम्मेवारी भने दीपेन्द्र सिंह ऐरीलाई दिइएको छ। आगामी साता मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) सँगको सिरिजमा नेपाल ज्ञानेन्द्र कै कप्तानीमा मैदान उत्रने छ।

नियमित कम्तान पारसले गत असोज २८ गते कप्तानी छाडेको घोषणा गरेका थिए।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय