
मिन बि क,दक्षिण कोरिया
दक्षिण कोरियाको बङ्गुर फार्ममा कार्यरत पाँचथर घर भएका एक नेपाली युवाले आत्महत्या गरेका छन्। आज बिहान ख्यङ्गिदोको आनसङसि स्थित एक बंगुर फर्ममा कार्यारत पाँचथर फाल्गुनन्द गाउँपालिका वडा नं ३ घर भएका एक युवाले आत्महत्या गरेको कोरिया स्थित नेपाली राजदुतावासले जनाएको छ ।
घटनास्थलमा आत्महत्या गर्नुपूर्व सुसाइट नोट समेत लेखेर सुसाइड नोट आफू बस्ने कोठाको टेबलमै राखेर छोडेका छन्। सुसाइट नोटमा उल्लेख गरेअनुसार अनलाइन बेटिङ गेममा धेरै मात्रामा पैसा गुमाएको र आफु डिप्रेसनमा पुगेको खुलाएका छन् । उनि पहिलो कार्यकाल सकि कमिटेड कामदारको रुपमा दक्षिण कोरिया प्रवेश गरेको ७ महिना मात्र भएको थियो . ।
सुसाइड नोटमा उनले उल्लेख गरेका छन् कि परिवारलाई थाहा नदिइ आफु अनलाईन बेटिङमा लागेको र ठुलो मात्रामा रकम गुमाउनुको साथै त्यसैको कारणले गर्दा आफु दुई तीन महिनादेखि नै डिप्रेसनमा गएको र आफू बाँच्न नसक्ने भनि माफी समेत मागेगा छन् । घटना सम्बन्धी घरपरिवार जानकारी गरिसकेको र आवश्यक प्रक्रिया अब दुताबास मार्फत हुने दुताबासले जनाएको छ ।
