सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

कोरियामा श्रीमानको आईडी कार्ड प्रयोग गरेर पुन: मतदान गर्न खोज्दा निर्वाचन कर्मचारी नै रंगेहात पकाउ

1200*120

मिन बि क दक्षिण कोरिया,

दक्षिण कोरियामा अहिले राष्ट्रपतिको अग्रिम निर्वाचन भईरहेको छ। हिजो अग्रिम मतदानको दोस्रो दिनमा सियोलको गाङ्गनामको एक मतदान केन्द्रमा एउटा अनौठो दृश्य देखियो ।
मतदानको लागी लामो लाईन लागीरहेको थियो , अचानक प्रहरी आएर मतदानको लागी सरकारले खटाएको एक जना कर्मचारी महिलालाई पक्राउ गरि प्रहरीले हतकडि लगाएर लगियो।
त्यहा खटाईएका निर्वाचन निरीक्षकले उनि दुइ पटक मतदान कक्षमा प्रवेश गरेको भनेर प्रहरीमा उजुरी गरेका थिए।
प्रहरी कार्यालयले ६० वर्षीया महिलालाइ घटनास्थलमा तत्काल पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।
गाङ्गनाम जिल्ला कार्यालयकी करार कर्मचारी  दुई दिनका लागि निर्वाचनकर्मचारीमा नियुक्त भएकी थिइन्। मतदाताको पहिचान पुष्टि गरेर मतपत्र वितरण गर्ने काम सम्हालिरहेकी उनले हिजो मध्यान्हमा ल्याएको आफ्नो पतिको परिचयपत्र प्रयोग गरेर आफैंले मतपत्र जारी गरेर प्रतिनिधि मतदान गरिन्, र ५ घण्टापछि आफ्नो नाममा फेरि एक पटक मतदान गर्न खोजेको अनुसन्धानमा खुलेको छ।
जिल्ला कार्यालयले  पदबाट हटाएको छ र निर्वाचन आयोगले पनि उनलाई बर्खास्त गरेर मुद्दा दायर गरेको छ।
निर्वाचन आयोगले अग्रिम मतदानमा बाधा पुर्याउने उद्देश्यले षड्यन्त्र गरेको हो कि भनेर पुष्टि गर्न उनका पतिको विषयमा पनि अनुसन्धानको अनुरोध गरेको छ।

यो दक्षिण कोरियामा भएको नाटकीय राजनीतिक उथलपुथलपछि भएको आकस्मिक १४औं  राष्ट्रपतीय निर्वाचन हो। पूर्व राष्ट्रपति युन सुक येओललाई डिसेम्बर २०२४ मा मार्शल ल लागू गर्ने दुर्भाग्यपूर्ण निर्णयका कारण पदबाट हटाइएको थियो

 

1200*120
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय

1200*120