अदृश्य धुलोको कण (मिसेमन्जी ) बाट दक्षिण कोरियाको वायुमन्डल पुन प्रदुषित देखियको छ ।बिगत २ हप्ता अगाडी सम्म देखिएको अदृश्य धुलोको कणले बुधवार फेरी ढपक्क ढाकेको छ ।यहाँको वायुमन्डलको भिजिबिलिटी अत्यन्तै कम भयको छ ।

बुधवारको कोरियाको वायुमन्डलमा प्रदुषित धुलोको कण देखिएसंगै सियोल महानगरपालीका ले स्वास्थ्य सचेतना जारी गरेको छ ।सियोल महानगरपालीकाले जनाएअनुसार बुधवार बिहानको कोरियाको वायुमन्डलमा धुलोको कणको मात्रा करिब प्रत्यक एक घनमिटरमा ७५ माईक्रोग्राम रहेको छ ।जुन मानबिय जिबनको लागी खतरनाक रहेको बताएको छ ।

कोरियाको वायुमन्डलमा बेलाबेलामा यस्तो देखिएपछी यसबाट बच्ने बिभिन्न उपाएहरु पनि सार्बजनिक गरेको छ ।बिशेषगरी यस्तो समयमा बाहिर हिँडदा मास्कको प्रयोग गर्न सुझाईएको छ ।
यससंगै कोरिया सरकारले यस्तो प्रदुषणलाई घटाउन सियोल क्षेत्रमा २०२२ सम्ममा करिब ३ करोड रुख रोप्ने योजना सार्बजनिक गरेको छ ।कोरियाको पर्यावरण बिगतका बर्षहरुमा भन्दा यो बर्ष नाजुक रहेसंगै यहाँका नागरिकको स्वास्थ्यप्रति कोरिया सरकार गम्भिर भएको जनाएको छ ।
यो पनि पढनुहोस
कोरियामा खतरनाक धुलोको कण (मिसेमन्जी) बाट बच्ने उपायहरु
बिगत केही हप्ता अगाडी देखी दक्षिण कोरियालाई खतरनाक धुलोको कण (मिसेमन्जी) ले ढपक्क ब्ल्यान्केटले छोपेजस्तै छोपेको छ ।जसका कारण कोरियाको वायुमन्डल धमिलो भयको छ ।यतिबेला कोरिया वायु प्रदुषणको चपेटामा परेको छ ।
हावाबाट सङ्क्रमण हुने रोगबाट सङ्क्रमित बिरामीहरुले कोरियाका अधिकांस अस्पतालहरुमा भिडभाढ बढेको छ । यससंगै अस्पतालमा स्वासप्रस्वास तथा फोक्सोको समस्याबाट ग्रसित बिरामीहरुको संङ्ख्या बढदो क्रममा छ । यससंगै कोरियाको वातावरण तथा पर्यावरण मन्त्रालयले उत्त समस्याबाट बच्ने केही उपायहरुको बारेमा जानाकारी गरायको छ । आउनुहोस धुलो (मिसेमन्जी) बाट बच्ने केही उपायहरुको बारेमा चर्चा गरौं ।
१ . सकभर बाहिर नहिडौं ।
२ . बाहिर हिडनु नै पर्ने भयमा धुलोबाट बच्ने मास्क फाङ्जिन मास्कको प्रयोग गर्नुहोस : कोरिया खाध तथा आैषधी सुरक्षा मन्त्रालय द्वारा मान्यता प्राप्त विशेष प्रकारको मास्क प्रयोग गर्नुहोस । जसमा KF80 , KF94 , KF99 नामको फिल्टर प्रयोग गरियको मास्क प्रयोग गर्नुहोस ।
३ . सडक , निर्माण साईट तथा अन्य धुलो उत्पादन गर्ने क्षेत्रहरुबाट टाढै रहनुहोस ।
४ . बाहिर बाट घर फिरे पश्चात हात , खुट्टा ,मुख सफा पानीले धुनुहोस ।साथै दाँतपनि माझ्न सुझाईएको छ ।
५ . ताजा पानी तथा भिटामीन ‘सि’ को सेवन गर्नुहोस । जसले गर्दा शरिरमा प्रवेश गरेका धुलोका कणहरु बग्नेछन साथै भिटामीन ‘सि’ एन्टी अक्सिडेन्ट भयकोले स्वासप्रश्वास मार्फत प्रबेश गरेका धुलोका कणहरुलाई नस्ट गर्न मद्दत गर्छ ।
६ . बाहिर निस्कदा सकभर सार्बजनिक यातायात बस तथा सब- वे को प्रयोग गर्नुहोस ।
७ . आफु बसेको ठाउँ तथा कोठाहरु नियमित सरसफाई गर्नुहोस । झ्याल , ढोका तथा कोठाको कुनाकाप्चाहरुमा नियमित भ्याकुम लगाई चिसो रुमालले धुलो पुछ्नुहोस । साथै एयर प्युरिफायरको फिल्टर समय समयमा फेर्नुहोस ।