
काठमाडौँ —प्रधानन्यायाधीशमा सिफारिस चोलेन्द्रशमशेर जबराको नाम अनुमोदनबाट रोकिएको छ l कर्मचारीले काम नगरेपछि संसदीय सुनुवाई समिति बैठक स्थगित संसदीय सुनुवाई समिति बैठक मंगलबारसम्मका लागि स्थगित भएको छ । आन्दोलित कर्मचारीले कार्यालय समयभन्दा बढी काम नगर्ने चेतावनी दिएपछि सभापति लक्ष्मणलाल कर्णले बैठक मंगलबारसम्म स्थगित भएको घोषणा गरेका हुन् ।बैठक चल्दाचल्दै कर्मचारीले माइक लाइन काट्न लागेपछि महासचिव मनोहरप्रसाद भट्टराईको आग्रहमा सभापति कर्णले बैठक स्थगित गरेका हुन् ।
