
११ तारिखका दिन थेजन पुलिस विभागका अनुसार, पुलिसले गत महिनाको २६ तारिखमा एक इलेक्ट्रोनिक्स पसलबाट “प्रदर्शनीमा राखिएको ल्यापटप कसैले लगेको” भन्ने उजुरी प्राप्त गर्यो।
पुलिसले पसलको (CCTV) फुटेज विश्लेषण गरी आरोपीको हुलिया पहिचान गर्यो। त्यसपछि पुरानो सामान किनबेच गर्ने वेबसाइट खोज्ने क्रममा, आरोपीले चोरी गरेको भनिएको १७ लाख वन मूल्य बराबरको ल्यापटपसँग मिल्दोजुल्दो ल्यापटप बिक्री सूचीमा देखिएको पाइयो।
पीडितको सामान हुन सक्ने सम्भावना देखेपछि पुलिसले तुरुन्तै किन्ने मान्छेको भेष धारण गरी बिक्रेतासँग सम्पर्क गर्यो। उसै दिन राति करिब ९ बजे थेजन स्थित एक डिपार्टमेन्ट स्टोर नजिकै कारोबार गर्ने सहमति भयो।
प्रहरी सादा पोशाकमा घटनास्थलमा निगरानीको लागी बसे भने दुई प्रहरी अधिकारी क्रेताको रूपमा आरोपी सँग भेट गर।
कारोबारि कारोबार स्थलमा आइपुगेको उनले चोरी गरेको बेला CCTV मा कैद भएकै कपडाहरु लगाएको थिया । पुलिसले उनले ल्याएको ल्यापटपको क्रमिक नम्बर (Serial Number) पीडितको सामानसँग मिलेको पुष्टि गरेपछि उसलाई चोरीको आरोपमा आकस्मिक गिरफ्तार गरी ल्यापटप जफत गर्यो।
अनुसन्धानको नतिजाअनुसार उनले गत महिनाको २४ देखि २६ तारिखसम्म थेजन क्षेत्रका इलेक्ट्रोनिक्स पसल र कपडा पसलहरूबाट ल्यापटप ३ थान र लुगा १० थान लगायत जम्मा करिब ८०० मान वन (लगभग ८ लाख नेपाली रुपैयाँ) मूल्यका सामान चोरी गरेको खुलासा भयो।
पुलिसले उनलाई १ तारिखमा चोरीको आरोपमा सरकारी वकिल कार्यालयमा पेश गरिसकेको छ।
