काठमाडौँ — मानिसलाई अन्तरिक्ष भ्रमण गराउने रकेटको ‘फर्स्ट लुक’ सार्वजनिक भएको छ । मान्छेलाई मंगल ग्रहमा लैजाने महत्वकांक्षी योजना बोकेका अमेरिकी रकेट निर्माता कम्पनी स्पेश एक्सका सीईओ एलोन मस्कले रकेटको ‘प्रोटोटाइप’ सार्वजनिक गरेका हुन् ।उक्त रकेटको नाम स्टारसिप रहेको छ। रकेटको परीक्षण उडान गर्ने तयारी भइरहेको मस्कले जनाएका छन्। स्टिल कलरमा पेन्ट गरिएको उक्त रकेटले कुनै दिन मानिसलाई पृथ्वीबाट चन्द्रामा र चन्द्रामादेखि मंगल ग्रहमा लैजाने बताइएको छ।
मानिसलाई अन्तरिक्ष भ्रमण गराउने रकेटको ‘फर्स्ट लुक’ सार्वजनिक
रकेटको पहिलो टेस्ट फ्लाइट केही सातामा अमेरिकाका टेक्सास राज्यमा हुने बताइएको छ। मस्कले आफ्नो ट्विवटरमा रकेटको तस्बिर राख्दै भनेका छन्, ‘टेस्ट फ्लाइटका लागि स्टारसिप स्पेश एक्सको लन्चिङ् साइटमा तयारी अवस्थामा छ। ‘रकेट ‘सव अर्बाइटल भीटीओल टेस्ट’का लागि तयार भएको छ र ‘अर्बाइटल भर्सन’ केही ठूलो हुने मस्कले बताएका छन्।
फिजिक्स डट ओरजीले भविष्यमा यही मोडलको रकेटले मानिसलाई बोक्ने भएपनि मस्कले सार्वजनिक गरेको प्रोटोटाइप केही छोटो रहेको जनाएको छ। यो रकेटलाई वायुमण्डलमा सयौँ किलोमिटर परीक्षण उडान गराएपछि पृथ्वीमा अवतरण गराइने बताइएको छ।
Comments