नवलपरासी — नेत्रविक्रम चन्द समूहको चन्दा आतंकले दुर्गम पहाडी बुलिंटार गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित तीन कर्मचारीले गाँउपालिका छाडेका छन् । चन्द समूहका वीरगञ्ज इन्चार्जका नामबाट गाँउपालिकामा नगद चन्दा माग गरेका छन् ।
चैत १४ गतेभित्र पार्टीलाई रकम बुझाउनु पर्ने भन्दै मिति तोकिएपछि त्रसित बनेका कर्मचारीले गाँउपालिका छाडेका हुन्।