सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

सुधन गुरुङले कमाए दुई महिनामा ४४ लाख , ६ केजी गहना गायब

1200*120
A+AA

निर्वाचन आयोगमा सम्पत्ति विवरण बुझाउँदा ६ माघ २०८२ मा गृहमन्त्री सुधन गुरुङले हस्ताक्षर गरेर कबोल गरेका थिए, ‘…माथि लेखिएबमोजिमको विवरण ठीक छ । फरक पर्ने छैन ।’

तर, दुई साढे महिनामै सुधन गुरुङले गृहमन्त्री बनेर प्रस्तुत गरेको सम्पत्ति विवरणमै फरक पर्‍यो । उनले करोडौँ सम्पत्ति विवरण लुकाएको देखिएको छ । चालीस वर्षमुनिका गुरुङको आर्थिक प्रगति विशाल देखिन्छ । तर, उनले बुझाएको सम्पत्ति विवरणमा पनि धेरै कैफियत देखिएको छ ।

रास्वपा स्रोतले शिलापत्रलाई देखाएको निर्वाचन आयोगको सम्पत्ति विवरण र गत चैतमा सुधनले सार्वजनिक गरेको गृहमन्त्री हुँदाको सम्पत्ति विवरणमा करोडौँको फरक पर्न आएको देखिएको छ ।

सुन देखाएर चाँदी लुकाए 

गृहमन्त्री बन्दा गुरुङले ८९ तोला सुन देखाएका छन् । उनले सांसदको उम्मेदवार बन्दा पनि त्यही परिमाणकै सुन देखाएका छन् । तर, रोचक पक्ष, उनले सरकारमा हुँदा भने चाँदी देखाएका छन् । तर, उनले सांसदको उम्मेदवार हुँदा चाँदी देखाएका छैनन् । उनले सरकारमा हुँदा ६ किलो चाँदी भएको विवरण पेस गरेका थिए । तर, ६ किलो चाँदी सांसद भएपछि आर्जन भएको हो वा होइन भनेर गुरुङले खुलाएका छैनन् ।

शेयरमा कतै कम्पनी लुकाए, कतै विवरणमा गोलमाल, भेडेटारको जग्गा गयल

शेयरमा गुरुङले बुझाएको विवरणमा पनि ठूलो गोलमाल देखिएको छ । गुरुङले सांसद उम्मेदवार बन्दा होप होल्डिङ, लगुन प्रिमियम अपार्टमेन्टजस्ता कम्पनीको नाम समान छन् । तर, विवरण भने व्यापक फरक छ ।

सांसद उम्मेदवार बन्दा होप होल्डिङमा १ करोडको शेयर देखाएका उनले गृहमन्त्री हुँदा ७० लाख घटाएर देखाएका छन् । मन्त्री बन्दा देखाइएको एड्भेन्चर भिल्लाको विवरण सांसद बन्दा देखाइएको छैन भने सांसद बन्दा नाम लिइएको लिबर्टी माइक्रो लाइफ इन्सुरेन्स र दीपक भट्ट जोडिएको स्टार माइक्रो इन्स्योरेन्सको विवरण मन्त्री बन्दा देखाइएको छैन ।

जग्गाको मामिलामा पनि सुधनले गृहमन्त्री बन्नुभन्दा अगाडि किनेको भेडेटारको जग्गाको कुरा झन् रोचक छ । बजार मूल्य १ करोड पर्ने झण्डै २० रोपनी जग्गा सुधन गुरुङले ७ लाख रुपैयाँमा किनेको देखाएका थिए । भेडेटारको जग्गा सुधनले मन्त्री बन्नुभन्दा ठीक दुई दिनअगाडि ११ चैत २०८२ मा किनेका थिए ।

बैंकको विवरण पनि लुकाएः साढे दुई महिनामा ४४ लाख थप आर्जन

गुरुङले सांसद बन्दा आफ्नो रकम भएका दुईवटा बैंकको नाम टिपाएका थिए, जसमा नबिल बैंक र लक्ष्मी सनराइज बैंक छन् । तर, गृहमन्त्री भएपछि गुरुङले थप एक बैंकको सूची चढाएर सानिमा बैंक पनि टिपाएका छन् ।

अझ रोचक कुरा, सांसद बन्दाको अवस्थाको खातामा भन्दा बनेपछिको खातामा गुरुङको रकम धेरै देखिएको छ । सांसद उम्मेदवार बन्दा लक्ष्मी सनराइजमा ५ लाख रकम देखाएका गुरुङले गृहमन्त्री भएको समयमा त्यो रकम बढाएर ५ लाख ३५ हजार ४०० देखाएका छन् ।

सबैभन्दा धेरै रकमको आर्जन नबिल बैंकमा देखिएको छ । सांसदको उम्मेदवार बन्दा १२ लाख मात्रै रकम भएको खातामा गृहमन्त्री भएपछि बढेर ५६ लाख २५ हजार ९ सय ७६ रुपैयाँ पुगेको छ । यो भनेको उनको खातामा साढे दुई महिनामा ४४ लाखभन्दा धेरै रकम आर्जन भएको देखिएको छ ।

आफूले पाउनुपर्ने ऋणबापत दिएको झण्डै डेढ करोड रकम 

गृहमन्त्री बन्दा गुरुङले झण्डै डेढ करोड रकम पनि लुकाएर सम्पत्ति विवरण पेस गरेको देखिएको छ । निर्वाचन आयोगमा बुझाएको विवरणमा सुधन गुरुङलाई मनोज गुरुङले ७८ लाख रुपैयाँ ऋणबापत लिएकाले फिर्ता गर्नुपर्ने विवरणमा लेखिएको छ । ठीक त्यसैगरी अर्का कैलाश पासमानलाई पनि गुरुङले ६७ लाख ऋण दिएको खुलेको छ । दुईको जोड्दा १ करोड ४५ लाख रकम हुन आउँछ । आफूलाई आउनुपर्ने यत्रो विशाल रकम गुरुङले आफू गृहमन्त्री बन्दा बुझाएको सम्पत्ति विवरणमा कतै उल्लेख गरेका छैनन् ।

1200*120
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय

1200*120