काठमाडौं– प्रधानन्यायाधीशमा प्रस्तावित चोलेन्द्र शमशेर राणाको नाम सर्वसम्मतिबाट स्वीकृत भएको छ । मङगलबार बसेको संसदीय सुनुवाई समितिको बैठकले राणाको नाम सर्वसम्मत रुपमा स्वीकृत गरेको हो ।
समितिका सभापति लक्ष्मणलाल कर्णले राणाले न्यायलय सुधार गर्ने प्रतिबद्धता र कार्ययोजना पेश गरेकाले प्रधानन्न्यायाधीशका लागि उनको नाम स्वीकृत गरिएको जनाकारी दिए । राणाको नाम समितिबाट स्वीकृत भएलगत्तै उनले सम्भवत आजै राष्ट्रपतिबाट सपथ लिने र पदभार ग्रहण गर्नेछन् ।चोलेन्द्रशम्शेरको कार्यकाल चार वर्षको रहने छ ।
सुनुवाईकै क्रममा उनले समितिका सदस्यहरुलाई आस्वस्त पार्न भने, ‘आफैंले आफ्नो अनुहार कोतरेरर घाउ बनाएर जाने छैन।’समितिबाट अस्वीकृत न्यायाधीश दीपकराज जोशीले जाथाभावी आदेश गरेको भन्दै योगेश भट्टराईले उठाएको प्रश्नको जवाफ दिँदै उनले संसदीय समितिका यसअघिको निर्णयलाई कार्यान्वयन गर्ने प्रतिबद्धता जाहेर गरेका थिए। यस्तै जुवा, प्रेरणा र छप्कैया पोखरीको मुद्दाका बारे जवाफ दिँदै उनले कुनै पनि मुद्दामा आफ्नो बदनियत नरहेको दाबी गरेका थिए।रातोपाटिमा समाचार छ l